×

NIC ASIA

बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–४ गोठालापानी घर भएका ३२ वर्षीय सुनिलप्रसाद लेखक यतिबेला दोहोरो जिम्मेवारी सँगसँगै निभारहेका छन् ।

Muktinath Bank

डिकोड जेनोमिक एण्ड रिसर्च सेन्टर काठमाडौंका निर्देशक समेत रहेका मोलेकुलर माइक्रो बायोलोजिस्ट लेखक बुवा धर्मानन्द लेखकको निधनपछि पितृ संस्कारसँगै राज्यले दिएको जिम्मेवारी बहन जुटेका हुन् । उनका बुवाको निधन भएको डेढ महिना पूरा भएको छ । जसले गर्दा मृत्यु संस्कार अनुसार उनी अझै पनि स्वर्गीय बुवाको मासिकी कार्य गर्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्कोतिर कोरोना भाइरस संक्रमणले कहर मचाइरहेको बेला सरकारले उनलाई आरटी पीसीआर मेसिनसहित सुदूरपश्चिम प्रदेशको धनगढी खटायो । कोरोनाको जोखिममा रहेको सुदूरपश्चिममा विज्ञको हैसियतमा खटिएका उनी कोरोना परीक्षण र प्रशिक्षण कार्यमा खटिएका हुन् । उनकै नेतृत्वमा ५ जनाको टोलीबाट धनगढीमा स्थापना भएको प्रयोगशालामार्फत कोरोना परीक्षण भइरहेको छ ।


Advertisment
Rupse Holidays
Nabil box

‘मेरा बुवा बितेको ४५ दिन भएको छ । हाम्रो संस्कार अनुसार २९ दिन, ३० दिन, ४५ दिन र ६० दिन शुरूको मासिकी संस्कारहरू गर्नुपर्ने हुन्छ । २९ दिन, ३० दिन, ४५ दिनमा मासिकी गरिने संस्कारहरू धनगढीमै बसेर पूरा गरियो,’ मोलेकुलर माइक्रो बायोलोजिस्ट लेखकले भने, ‘यो अप्ठ्यारो बेलामा पारिवारिक समस्या त भई नै हाल्छ भनम् तर देश अहिले अप्ठ्यारो अवस्थामा रहेको बेला हामीले आफ्नो जिम्मेवारीबाट भाग्नु हुँदैन । शुुरूका दिनमा त राति ९–१० बजेसम्म पनि काम गरियो । पारिवारिक र राष्ट्रले दिएको जिम्मेवारी सँगसँगै ।’

Vianet communication

परीक्षण र प्रशिक्षण सँगसँगै

धनगढीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना हुनुपूर्व परीक्षणको लागि संकलित नमूनाहरू काठमाडौं नै पठाउनुपर्ने बाध्यता थियो । प्रयोगशाला धनगढीमै स्थापनाको पहलपछि दक्ष जनशक्तिको टड्कारो आवश्यकता भयो ।

फलतः उनी सेती प्रादेशिक अस्पतालका केही प्राविधिकको सहकार्यमा पोर्टेबल आरटी पीसीआर मशिन सहितको प्रयोगशाला अस्पतालमा जडान गर्न जुटे, त्योसँगै जनशक्ति उत्पादनमा । शुरूका दिन प्रशिक्षणमा बितेको बताउँदै उनले हाल ५ जनाको टोली तयार पारेको बताउँछन् । हाल ५ जनाको प्राविधिक टोली नै पीसीआर मशिनबाट सुदूरपश्चिममा कोरोनाको परीक्षणमा तैनाथ छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकल अनुसार स्वास्थ्यकर्मीले १४ दिन काम गर्नुपर्ने र १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ तर टोली महिनौं दिनसम्म लगातार परीक्षणमै जुटेको छ ।

मोलेकुलर माइक्रोबायोलोजिस्ट लेखक भन्छन्, ‘हालसम्म १ टीम तयार भएको छ । अझै थप टीम बनाउन जरुरी छ । १ महिना भइसक्यो हामी लगातार काम गर्दै आएका छौं ।’

प्रयोगशालाले दिनमा औसत ६ वटा मात्रै परीक्षण गर्न थाल्यो । यता कोरोना संक्रमणको दर बढ्न थालेपछि जनदबाबका बाबजुद सरकारले पुनः अर्को तर धेरै संख्यामा परीक्षण गर्न मिल्ने मशिन पठायो । अन्ततः त्यो मशिनको जडानदेखि परीक्षणसम्मको जिम्मेवारी लेखक सहितको टोलीकै काँधमा थपियो । हाल सो टोलीले दैनिक २०० वटा नमूना परीक्षण गर्दै आएको छ ।

मोलेकुुलर डायग्नोसिसबाट पत्ता लाग्छ कोरोना

लण्डनबाट सन् २०१० मा मोलेकुलर माइक्रोबायोलोजीमा मास्टर गरेका उनी कोरोना भाइरसको परीक्षण निकै जटिल र संवेदनशील रहेको अनुभव सुनाउँछन् । नेपालमा स्रोतसाधन पनि सीमित मात्रा रहेको उनको भनाइ छ ।
उनी आफ्नो विगत कोट्याउँदै भन्छन्, ‘नेपालमा अझै पनि पीसीआर गर्ने ठाउँहरू पर्याप्त छैनन् । केही संस्थाले गरेपनि एकदमै सीमित छ । मेडिकल फिल्डमा डायग्नोस्टिकको लागि पीसीआर गर्ने मान्छे पनि थोरै ।’

रोग परीक्षण प्रक्रियाबारे उल्लेख गर्दै उनी भन्छन्, ‘संक्रामक रोगको कुरा गर्दा रोग पत्ता लगाउने तरिकामा र्‍यापिड टेस्टबाट एन्टीजेन्ट र एन्टीबडी हेर्ने, त्यो इन्फेक्सियस एन्टीजेन्ट भाइरस, ब्याक्टेरियालाई शरीरबाट निकालेर हेर्ने, माइक्रोस्कोपमा हेर्ने, कल्चर गर्ने हुन्छ ।’

तर त्योभन्दा अलि जटिल र संवेदनशील मोलेकुर डायग्नोसिस विधि रहेको उनी बताउँछन् । ‘यसमा ब्याक्टेरिया, भाइरसको डीएनए अथवा आरएनए छ कि छैन भनेर हेर्छौं । कोरोना भाइरसको कुरा गर्ने हो भने यो पनि मोलेकुलर डायग्नोसिसबाट गरिन्छ । शरीरमा कोरोना लागेको छ भने त्यो कोरोनाको जेनेटिक अवशेष छ कि छैन भन्नको लागि कोरोनाको आरएनए छ कि छैन भनेर हामीले हेर्ने हो । यसरी डीएनए अथवा आरएनए पत्ता लगाएर डायग्नोसिस गर्ने प्रविधिलाई मोलेकुलर डाग्नोसिस भनिन्छ,’ उनले भने ।

परीक्षणको दायरा साँघुरो

लेखकले अझै पनि परीक्षणको दायरा फराकिलो नभएको बताउँछन् । उसैपनि डेढ लाखको हाराहारीमा भारतबाट मात्रै सुदूरपश्चिममा आएका भएपनि वैशाख ११ गतेसम्म आरटी पीसीआरबाट २ हजार ६४४ जनाको मात्रै परीक्षण भएको छ । जुन कारण परीक्षणको दायरा बढाउनुपर्ने उनी औंल्याउँछन् ।

उनी भन्छन्, ‘डब्ल्यूएचओले १ दिनमा १० हजार जनाका परीक्षण गर्नु भन्छ तर सकेका छैनौं । डब्ल्यूएचओले ३ ‘टी’ अर्थात टेस्ट, ट्रेस र ट्रिटलाई अवलम्बन गर्न भनेको छ । यहाँ लकडाउन गरेर मात्रै हुँदैन, लुकेर बसेकाहरूको व्यापक रुपमा परीक्षण गर्नुपर्‍यो । पोजेटिभ केसलाई टे«स गर्नुपर्‍यो र उपचार गर्नुपर्‍यो तर हामीले गर्न सकिरहेका छैनौं ।’

उनी परीक्षणको दायरा फराकिलो नहुनुको २ कारण रहेको बताउँछन् । नेपालमा पर्याप्त मात्रामा रेजेन्ट नहुनु र अहिले बिरामीहरू बाहिर आउनेभन्दा पनि सरकारले बिरामीहरू खोज्न नसक्नु हो । गाउँगाउँमा गएर खोज्ने हो तर पुग्न सकेका छैनौं ।’

धनगढीको प्रयोगशाला कति विश्वसनीय ?

१ हप्ताअघि कर्णाली प्रदेशस्थित पश्चिम रुकुमको केही नमूना परीक्षणको लागि धनगढी ल्याइएको थियो । यहाँ गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ देखियो तर केन्द्रीय प्रयोगशाला भने नेगेटिभ देखिएपछि धनगढीको प्रयोगशाला शंकाको घेरामा तानिएको थियो ।

धनगढीको प्रयोगशालाको नेतृत्व गरिरहेका लेखक भने केन्द्रीय प्रयोगशाला जत्तिकै विश्वसनीय रहेको दाबी गर्दै आएका छन् । उनी स्वाब लिने विधि र स्वाब निकालिएको समय अवधिले नतिजा फरक आएको बताउँछन् ।

‘सबैभन्दा पहिले नेजल अथवा नाकबाट स्वाब लिनुपर्ने हुन्छ तर सजिलोको लागि थ्रोट अथवा घाँटीबाट स्वाब लिने क्रम बढी छ । यता ल्याउँदाखेरी नेजल आयो उता (काठमाडौं) पठाउँदाखेरी थ्रोट पठाउँदा नेगेटिभ आयो कि ? घाँटीबाट निकाल्दा घटेर जान सक्छ । नाकबाटै निकाल्नुपर्छ । अर्को कुरा, रुकुमबाट काठमाडौं गाडीमा पठाइयो । यसमा निश्चित तापक्रममा राख्नुपर्छ । पोजेटिभ आउनुमा ल्याब र मशिनको मात्रै हात हुँदैन । नमूना कसरी संकलन गरियो भन्नेमा ठूलो हात हुन्छ,’ उनले भने ।

उनी समयको फरकले नतिजामा फरक ल्याउने बताउँछन् । पहिलो नमूना चैत २७ गते  र दोस्रो नमूना वैशाख ४ गते निकालिएर ६ गते परीक्षण भएको उनले बताए । उनले भने, ‘यहाँ (धनगढी) स्याम्पल आउँदा उहाँहरू दोस्रो हप्ताको संक्रमणमा थिए भने तेस्रो हप्तामा त भाइरस निको भएको अवस्था पनि हुन्छ । जुन कारण नतिजामा फरक हुन सक्छ ।’

सेती प्रादेशिक अस्पतालमा पहिलेदेखि पोजेटिभ केसका बिरामीहरू रहेको र उनीहरूको नमूना पहिलो दिनदेखि परीक्षण गर्दै आएको र हालसम्मको रिपोर्टले क्रमिक रुपमा भाइरसको दर घट्दै गएको देखाइएको उनले बताए ।

‘वैशाख ११ गतेसम्ममा यहाँका ४ जना बिरामी डिस्चार्ज भइसके । शुरूशुरूमा संक्रमितहरूको स्ट्रोङ पोजेटिभ आउँथ्यो । जति धेरै भाइरस हुन्छ, त्यति धेरै स्ट्रोङ देखिन्छ । जसलाई सिटी भ्यालु भनिन्छ । यो घट्दै–घट्दै हिजोसम्म उहाँहरू नेगेटिभ हुनुभयो । ३ पटक टेस्ट गर्दा तीनै पटक नेगेटिभ आएपछि डिस्चार्ज गरियो । ल्याबमा समस्या भएको भए उहाँहरूको पनि शुरूमा पोजेटिभ र पछि नेगेटिभ आउँदैनथ्यो होला । त्यहीँ भएर ल्याब अहिले एकदमै राम्रो स्थितिमा छ । केन्द्रीय प्रयोगशालामा जुन प्रविधि र मेनपावरले काम गरिरहेको छ, ठीक त्यसै प्रविधि र मेनपावरले काम गरिरहेको उनी दाबी गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x