×

NIC ASIA

‘अचानक’ कोरोना पुष्टि भएका युवा खोज्दा खेतमा हलो जोत्दै, सरकारी अधिकारी छक्क !

बैशाख १७, २०७७

Prabhu Bank
NTC
Premier Steels

गत चैत्र २० गते लकडाउन तथा सीमा बन्द भएको बेला ४ जना नेपाली युवा भारतबाट रौतहटको बृन्दाबन नगरपालिकामा प्रवेश गरे ।

‘भारतको कोलकत्तास्थित एउटा झोला कारखानामा काम गर्दै आएका ४ जना युवाहरू लुकीछिपी जसोतसो गाउँमा आएको कुरा २ दिनपछि मात्रै थाहा पायौं,’ बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही राय यादवले भने, ‘त्यसपछि एम्बुलेन्स पठाएर चारै जना युवाहरूलाई नगरपालिकामा सञ्चालित क्वारेन्टाइनमा पठाएका थियौं ।’ चारै जना १४ दिन क्वारेन्टाइनमा बसेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्वारेन्टाइनमा स्वाब संकलन गरेर जनकपुरस्थित प्रयोगशालामा पठाइएको थियो । जनकपुरको पीसीआर मशिनले नेगेटिभ रिपोर्ट दिएपछि वैशाख ६ गते घर पठाइएको नगर प्रमुख यादवले लोकान्तरलाई बताए । ‘क्वारेन्टाइनमै संकलन गरिएको स्वाब नमूना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि पठाइएको कुरा क्वारेन्टाइनमा कसैलाई पनि थाहा थिएन । अचानक पोजिटिभ छ भनेर काठमाडौंबाट फोन आयो,’ यादवले भने, ‘सीडीओ सा’प, इलाका प्रहरी कार्यालयका डीएसपी सा’प सबै जनालाई फोन गरेर बोलाएर संक्रमितको खोजीमा लाग्यौं ।’


Advertisment
Rupse Holidays
Nabil box

खोज्दै जाँदा कोरोना ‘पोजेटिभ’ पाइएका २५ वर्षीय युवा खेतमा हलो जोतिरहेका थिए । ‘त्यो दृश्य देखेपछि हामी त एकछिन छक्क परेका थियौं,’ नगर प्रमुख यादवले लोकान्तरसँग भने, ‘ती युवालाई २ घण्टा जति खेतछेउमै घाममा राखेका थियौं ।’ 

Vianet communication

एकदम स्वस्थ भएर खेतमा हलो जोतिरहेका युवामा कोरोना पोजेटिभ भएको जानकारी आएपछि कसैले पत्याउन सकेनन् । ‘हामी सबै जना आश्चर्यचकित भएका थियौं,’ उनले भने, ‘केही समयपछि एम्बुलेन्समार्फत उनलाई थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाएका छौं ।’

जनकपुरको ‘नेगेटिभ’ रिपोर्टको आधारमा ती व्यक्ति घर मात्रै गएनन्, छिमेकसँग समेत घुलमिल भए । ‘उनीसँग सम्पर्कमा आएका चिया पसले, किराना पसले लगायतका व्यक्तिहरूले समेत सम्पर्कमा आएको भनेर जानकारी गराएका छन्,’ उनले भने, ‘अब ती सबै व्यक्तिको स्वाब संकलन गर्नु जरुरी छ ।’ ती व्यक्ति नेगेटिभ रिपोर्ट आएको भनेर गाउँमा डुल्ने गरेका कारण पूरै गाउँ नै त्रासमा रहेको उनले बताए । 

ससुरालीमा कोरोना !

भारतको दिल्लीस्थित एउटा झोला कारखानामा काम गर्ने ३५ वर्षीय युवा लकडाउनलाई छलेर रौतहटको देबाही गोनाही नगरपालिकामा पुगे । देबाही नगरपालिका ती व्यक्तिको घर नभएर ससुराली हो । नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रप्र्रसाद पटेलका अनुसार उनको घर गजुरा नगरपालिकामा भएपनि नेपाल भित्रिने बेला सीमाबाट ससुराली घर नजिक भएकाले उनी ससुरालीमै आएका थिए ।

वैशाख ४ गते उनी दिल्लीबाट ससुरालीमा पुगेका थिए । ‘उहाँ आएको २ दिनपछि मात्र हामीले जानकारी पाएका थियौं,’ नगर प्रमुख पटेलले भने, ‘त्यसपछि उहाँलाई हामीले नगरपालिकाको क्वारेन्टाइनमा पठाएका थियौं ।’ पटेलका अनुसार उनको स्वाब संकलन गरेर जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो तर रिपोर्ट प्राप्त भएन । मंगलवार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षण रिपोर्ट ‘पोजेटिभ’ रहेको जानकारी प्राप्त भएको उनले बताए । ती युवा क्वारेन्टाइनमै रहेका थिए । 

ती युवाको रिपोर्ट ‘पोजेटिभ’ आएपछि उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । उनका ससुरालीका ९ जनाको स्वाब संकलन गरिएको छ ।

रौतहटका २ अलग–अलग स्थानीय तहमा एकैदिन २ जनाको नतिजा ‘पोजेटिभ’ आएपछि स्थानीय प्रशासनले दुवै नगरपालिकाका दुवै वडालाई शिलबन्द गरेको छ । यसअघि पनि भारतबाट आएका रौतहटका १४ वर्षीय युवामा कोरोना संक्रमण पाइएको थियो । नारायणी अस्पताल वीरगञ्जमा उपचारपश्चात उनी निको भएर घर फर्किसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x