कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
प्रमुख सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'को सचिवालय बैठक निष्कर्षविहीन बनेको छ ।
बुधवार साँझ बालुवाटारमा बसेको बैठक यही वैशाख २० गते अर्को बैठक बस्नेगरी टुंगिएको छ ।
बैठकमा पार्टीका आन्तरिक समस्या, स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिए ।
'पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढीकरणको महत्त्व, सरकार र केही कमरेडहरूले माग गर्नुभएको स्थायी कमिटी बैठकसहित विविध पक्षबारे गम्भीर विचार विमर्श भयो,' बैठकपछि प्रवक्ता श्रेष्ठले भने, 'पार्टी नेतृत्वले अनौपचारिक छलफल अघि बढाउँदै २० गते पुन: सचिवालय बैठक बस्ने निर्णय भएको छ ।'
स्थायी कमिटी बैठकबारे पनि सचिवालयको आगामी बैठकले निर्णय लिने प्रवक्ता श्रेष्ठले बताए ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनीइतर समूहबीचको विवाद उत्कर्षमा पुगेका बेला बसेको सचिवालय बैठकलाई निकै महत्त्वका साथ हेरिएको थियो ।
पार्टी सचिवालयका बहुमत सदस्य प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने अडानमा छन् । दुई विवादास्पद अध्यादेशका कारण चर्किएको विवाद त्यसलाई फिर्ता गरिसके पनि टरेको छैन ।
ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये कम्तिमा एक पद नछाड्दासम्म चुप नलाग्ने रणनीतिमा उनीइतर पक्ष देखिन्छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'लगायत एक ठाउँ देखिएका छन् ।
पार्टी सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले आफूपक्षीय सांसदहरूलाई बुधवार बालुवाटारमा भेला गरे ।
संसदीय दलमा आफ्नो बहुमत सिद्ध गरेर राजीनामा माग्नेहरूको मुख थुन्ने प्रधानमन्त्रीको रणनीति छ ।
अर्को पक्ष भने सबै समस्या सचिवालय तथा स्थायी कमिटी बैठक बसेर हल गर्नुपर्ने अडानमा छ ।
पार्टीका यी दुवै कमिटीमा अल्पमतमा रहेकाले ओली आफू तुलनात्मकरूपमा बलियो रहेको संसदीय दलमा बहुमत सिद्ध गर्ने कसरतमा छन् ।
बालुवाटारमा सचिवालय बैठक बसिरहँदा पत्रकारहरूलाई भने बाहिर रोडमा नै रोकिएको थियो ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...