×

NMB BANK
NIC ASIA

सरकारले भन्यो, ‘विदेशमा अलपत्र कामदार ल्याउने गृहकार्य भइरहेको छ’

बैशाख १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने गृहकार्य भइरहेको जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बुधबार विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्दै अलपत्र नागरिकलाई स्वदेश फर्काउने विषयमा गम्भीरताका साथ अध्ययन भइरहेको बताए।
 
 ठूलो सङ्ख्याका नेपालीलाई एकसाथ स्वदेश फर्काउन ठूलो स्रोत साधनको आवश्यकता पर्ने भन्दै उनले विभिन्न कारणले अलपत्र परेका, बिरामी तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिएर नेपाल ल्याइने बताए । ‘बीसौँ लाख नेपाली आप्रवासी श्रमिक खाडी, मलेशिया तथा अन्य मुलुकमा हुनुहुन्छ । यसमध्ये थोरै प्रतिशत मात्र नेपालीलाई फिर्ता गर्न र नेपाल आइसकेपछि क्वारेन्टाइनमा राख्नेलगायतको व्यवस्थापन गर्न पनि ठूलो स्रोत साधनको आवश्यकता पर्दछ,’ मन्त्री यादवले भने, ‘हाम्रो क्षमता यसलाई थेग्न सक्छ सक्दैन भन्ने कुरामा पनि हामी सचेत रहनैपर्ने हुन्छ।’
 
गन्तव्य मुलुकमा रहेका नेपालीलाई तत्कालका लागि जहाँ भए पनि सुरक्षित बस्न आग्रह गर्दै उनले कठिन परिस्थितिमा आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरे। रोजीरोटी गुमाएर खर्चको अभावमा र अन्य कारणले खान बस्नको समस्यामा परेमा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा सम्पर्क गर्न आग्रह गर्दै उनले कठिन अवस्थामा पनि विचलित नभई उच्च मनोबलका साथ आफ्ना आफन्तजन तथा नेपाली दूतावासमा आफ्नो अवस्थाका सम्बन्धमा नियमित सम्पर्कमा रहन पनि अनुरोध गरे।
 
उनले विदेशमा रहेका नेपाली सङ्घसंस्था तथा व्यक्ति विशेषलाई दुःखमा परेका र अलपत्र भएका नेपालीलाई मानवीय सहायता उपलब्ध गराउन पनि अपिल गरे। गन्तव्य मुलुकमा रहँदा कोरोना भाइरस सङ्क्रमणको चपेटामा परेका नागरिकको उचित स्वास्थ्योपचारका लागि सरकारले कूटनीतिक पहल गरेको मन्त्री यादवले बताए। ‘नेपाली कामदारको हकहित र सुरक्षालाई लिएर प्रधानमन्त्रीले पनि विदेशस्थित आफ्ना समकक्षीसँग निरन्तर टेलिफोन संवाद गरिरहनुभएको छ,’ नेपाली कामदारले भोग्दै आएको समस्याप्रति सरकार संवेदशनील रहेको उल्लेख गर्दै उनले भने।
 
कतिपय गन्तव्य मुलुकले कोभिड–१९ बाट प्रभावित आप्रवासी श्रमिकलाई राहतका कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै मन्त्री यादवले दूतावासमार्फत ती कार्यक्रमको जानकारी लिई लाभ लिन पनि अनुरोध गरे। 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x