×

NMB BANK
NIC ASIA

नेकपाभित्र सहमतिको संकेत

सचिवालयमा ओलीको प्रस्ताव– वामदेवलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष बनाउने लिखित निर्णय नै गरौ !

बैशाख १८, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अड्डी कस्दै आएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधवार बसेको पार्टी सचिवालय बैठकमा सचिवालय सदस्यहरूमाझ विल्कुलै नयाँ प्रस्ताव अगाडि सारेका छन् । ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र बरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बन्ने गरी प्रस्ताव गरेका हुन् । 

Muktinath Bank

ओलीको प्रस्ताव पछि नेकपा भित्रको विवाद केही मत्थर हुने संकेत देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साझ बसेको बैठकको शुरूमै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तपाईले मार्ग प्रसस्त गर्नु पर्‍यो भन्दै ओलीको राजीनामा माग गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डको प्रस्तावमा ओलीले जवाफ फर्काए– ‘म मार्ग प्रसस्त गर्न तयार छु, मैले मार्ग प्रसस्त गरेपछि तपाईहरूसंग विकल्प के छ ?’


Advertisment
Nabil box
Kumari

संसदीय दलमा आफ्नो बहुमत नपुग्ने भएपछि र पार्टी भित्रको निरन्तर दवाव दिएपछि आफू राजीनामा गर्न तयार रहेको उनले बताएका थिए ।  

Vianet communication

‘मेरो राजीनामा त माग्नु भयो, नयाँ प्रधानमन्त्री को ? विकल्प के तयार गर्नु भएको छ । तपाईहरूको प्रस्ताव त अपुरो भयो’ बैठकमा ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘म मार्ग प्रसस्त गर्छु र विकल्प दिन्छु । यसो गरौ कोरोना सकिएपछि वामदेजवीलाई प्रधानमन्त्री र माधव नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाऔं ।’ 

ओलीको प्रस्तावपछि सचिवालय बैठकमा केहीबेर सन्नटा छाएको थियो । सचिवालय सदस्यहरूले एक आपसमा मुखामुख गरेका थिए ।

बुधवार बसेको नेकपा सचिवालय बैठक

‘वामदेवजीलाई प्रधानमन्त्री बनाउने भनेर यसअघि पटक पटक भनिएको हो, संसदमा ल्याउने कुरा पनि भएको हो । उहाँलाई संसदमा ल्याएर महामारीपछि वामदेवलाई बनाउने हो भने म छाड्दिन्छु’ ओलीले बैठकमा भनेका थिए ।  

कोरोना संकट समाधान भएपछि गौतमलाई संसदमा लगेर प्रधानमन्त्री बनाउने आफ्नो प्रस्तावमा समर्थन गर्न उनले आग्रह गरे । 

ओलीको प्रस्ताव आएपछि प्रचण्डले ‘ठीकै छ नि त’ भनेका थिए । ओलीको प्रस्तावमा बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले कुनै प्रतिक्रिया दिएनन् । 

प्रचण्डले समर्थन गरेपछि महासचिव विष्णु पौडेलले ‘सुविचिार हो र लागू गर्नेगरी ल्याइएको हो भने यसमा मेरो समर्थन छ’ भनेका थिए । प्रधानमन्त्रीको प्रस्तावमा कसैले विरोध जनाएका थिएनन् । 

भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेपछि उपाध्यक्ष गौतमले आफूलाई सपना जस्तो भएको प्रतिक्रिया दिएका थिए । ‘यो त मलाई सपना जस्तो भयो’ गौतमको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले सचिवालयको बैठकमै यो प्रस्ताव माइन्युट गर्न प्रस्ताव गरेका थिए । सचिवालयका अन्य सदस्यहरूले भने अहिले नै हस्ताक्षर गर्ने भन्दा विधी र प्रक्रियागत ढंगले हामीपनि छलफल गरेर २० गतेको बैठकमा थप छलपल गर्ने गरी निर्णय गरौ‌ भनेपछि बैठक सकिएको थियो । 

बैठकको अन्त्यतिर प्रचण्डले ‘ओलीजीले अप्रत्यासित कुरा ल्याउनु भयो’ भनेर आशंका व्यक्त गरेका थिए । प्रचण्डले आशंका गरेपछि ओलीले नै माइन्युट गर्ने प्रस्ताव गरेका हुन । 

सचिवालय बैठक सौहाद्रपूर्ण ढंगले सकिएपछि प्रधामनन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले सहमतिको सन्देश दिन एक ठाउँ उभिएर तश्वीर खिचाएका थिए । 

नेकपा सचिवालय बैठक २० गते पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । २० गतेको बैठकले स्थायी कमिटीको बैठक बोलाउने सम्भावना रहेको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x