मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
लकडाउनका कारण पोखरामा अलपत्र ७२ जना विदेशी पर्यटकको बिहीवार उद्धार गरिएको छ ।
स्वीस र फ्रेन्च राजदूतावासको सहयोगमा पर्यटकलाई पोखराबाट पर्यटक बसमार्फत काठमाडौं पठाइएकोमा शनिवार काठमाडौंदेखि हवाइ उडानबाट आ–आफ्नो देश फर्काइनेछ ।
ती पर्यटकमध्ये सबैभन्दा बढी करीब ४० जना फ्रेन्च छन् भने ११ जना जर्मन नागरिक छन् ।
स्वीट्जरल्याण्डका लागि पोखरास्थित प्रतिनिधि समेत रहेका पर्यटन व्यवसायी वसन्तराज दवाडीले फ्रेन्चसहित युरोपेली युनियनले नेपालमा अलपत्र परेका पर्यटकलाई स्वदेश फर्काउन पहल गरेपछि पोखराबाट काठमाडौं पठाइएको छ ।
काठमाडौंबाट थप गरी ३०२ जना पर्यटक स्वदेश फर्किनेछन् । पोखरादेखि काठमाडौं लैजान ३ वटा पर्यटक बससहित अन्य सुविधा स्वीस राजदूतावासले गरेको छ भने फ्रान्सको राजधानी पेरिसका लागि फ्रेन्स राजदूतावासले विमान चार्टर्ड गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न नेपालमा गत चैत ११ गतेदेखि लकडाउन शुरू भएको हो । त्यसअघि उनीहरू नेपाल घुम्न आएका थिए । लकडाउनअघि फाट्टफुट्ट घुम्न पाएपनि त्यसपछि भने पोखराका होटलमै थुनिएर बस्न बाध्य भए ।
कोरोनाको प्रकोपबीच पनि आ–आफ्नो परिवारका सदस्यसँग भेट गर्न पाइने भएपछि कतिपय पर्यटक खुशी देखिन्थे । लेकसाइडको हल्लन चोक नजिकबाट गाडी चढ्ने सुविधा मिलाइएको थियो । आ–आफ्नो सामानसहित स्वदेश फर्कने तयारीमा रहेका पर्यटकले गाडी चढ्नुअघि उपस्थित नेपालीलाई बिदाइको हात हल्लाएका थिए ।
त्यसमध्येका एक फ्रेन्च थोमस होफमनले लकडाउनको कारण नेपालमा अड्किनुपरेको बताए । यद्यपि यहाँको बसाइँ सुखद रहेको उनको अनुभव छ ।
स्वीट्जरल्याण्डकी नागरिक एञ्जिलाले लामो समयको नेपाल बसाइँपछि स्वदेश फर्किन लाग्दा परिवारका सदस्य भेट्न पाइने खुशी एकातिर रहेपनि केही डर भने लागेको बताइन् ।
पोखराको राष्ट्रबैंक चोक घर बताउने एनआरएन पवित्रा गुरुङ पनि परिवारका ५ सदस्यसहित बेलायत फर्किने तयारीमा थिइन् । कोरोनाको केही डर लागेपनि पढाइका कारण जानुपर्ने बाध्यता रहेको सुनाइन् । कोरोनाको डर बेलायतको तुलनामा नेपालमा कम रहेको उनको भनाइ छ ।
स्वदेश फर्किने पर्यटकको सामान्य स्वास्थ्य जाँच एवं ज्वरो भए/नभएको जाँच गरिएको थियो । पर्यटक प्रहरी निरीक्षक गणेश खनालका अनुसार लकडाउनयता पोखराबाट हालसम्म ९३५ जना विदेशी पर्यटकको उद्धार गरिसकिएको छ । बिहीवार पोखराबाट काठमाडौं जानेमध्ये ७२ जना विदेशीबाहेक २३ जना एनआरएन पनि रहेका छन् ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...