×

NIC ASIA

प्रेरणादायक ‘माननीय’ : लकडाउनका बेला चौबाटोमा साग बाँड्दै सांसद

बैशाख २०, २०७७

Prabhu Bank
NTC
Premier Steels

‘माननीय’ उपमा प्राप्त सांसदको सामान्य दिनचर्या हो – सुटबुट, सवारी र सभा सम्मेलनका अतिथि । जनताका प्रतिनिधि संसद्मा कानून निर्माण अलावा विभिन्न उच्च तहका काम कारवाहीमा व्यस्त भएको पाइन्छ ।

Muktinath Bank

तर मुस्ताङी सांसद इन्द्रधारा बिष्ट अन्यभन्दा फरक छन् । उनी सदा जनताको दुःखपीर आफ्नो भन्ठान्छन् । उनी लकडाउनका बेला सडकमा उभिएर साग बाँडिरहेका भेटिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमालपारीको जिल्ला मुस्ताङबाट गण्डकी प्रदेश सभाको प्रतिनिधित्व गरेका सांसद बिष्टले मार्फाली साग पोखरामा ल्याएर बाँडिरहेका छन् । आफ्नै पैसाले साग खरिद गरेर उनले पोखरासम्म ल्याएका छन् । आखिर किन त ?


Advertisment
Rupse Holidays
Nabil box
Kumari

सांसद बिष्ट भन्छन्, ‘लकडाउनका बेला विशेषगरी फ्रन्टलाइनमै बसेर स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी खटिनुभएको छ । उहाँहरू निकै जोखिम उठाएर आफ्नो दायित्व निर्वाह गरिरहनुभएको छ । उहाँहरूको सहयोगको लागि मैले साग बाँडेको हुँ ।’ कुराकानीका क्रममा साग बाँड्नुको अर्को उद्देश्य पनि सँगै लुकेको रहेछ – यतिबेला साग बाँडे मुस्ताङी मार्फा सागको प्रचारप्रसार होला ।

Vianet communication

मुस्ताङी जनता यतिखेर साग उमारिरहेका छन् तर लकडाउनका कारण बजार पाउन गाह्रो छ । ‘त्यसै कुहिएर खेर जान दिनुभन्दा आफैंले किनेर भएपनि निःशुल्क वितरणको व्यवस्था मिलाएको हुँ । यसबाट किसानको लागि आयआर्जन तथा स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीलाई थोरबहुत सहयोग हुने भयो,’ उनले भने ।

सांसद बिष्टले पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रको गेट नजिकैबाट हालसम्म ३ हजार किलोग्राम साग वितरण गरिसकेका छन् । अब २ हजार किलो पनि ल्याएर बाँड्ने योजना छ । २–४ दिनको फरकमा पुनः साग ल्याउने उनले जानकारी दिए । उनले पोखरामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई साग चखाएका छन् भने नयाँबजार पुग्ने सर्वसाधारणलाई पनि रित्तै फर्काएका छैनन् ।

मार्फाली साग अर्गानिक मानिन्छ । हिमाली भेगमा उत्पादन हुने भएकाले यसको स्वाद अन्य सागको तुलनामा फरक हुन्छ । त्यसैले थकाली भान्छामा मार्फाली साग पनि मिसाउने चलन पुरानो हो ।

मार्फाली सागको बजार मूल्य पोखरामा अन्य बेला १२० देखि १५० रुपैयाँसम्म पर्छ । मुस्ताङमा प्रतिकिलो ५० रुपैयाँमा किनेर विमानमार्फत ल्याउँदा थप ५० रुपैयाँ पर्दथ्यो भने व्यवसायीले आफूले धेरेथोर नाफा गरी बेच्न प्रतिकेजी १२०–१५० रुपैयाँसम्म लिने गर्दथे तर गत चैत ११ गतेदेखि लकडाउनले मार्फाली सागले पर्याप्त बजार पाउन नसकेको हो । यसको पात ठूला र नरम हुन्छन् । 

सांसद बिष्टले सांसद तलब भत्ताबापत प्राप्त गर्ने ३ महिनासम्मको आम्दानी साग खरिदमा खर्चिएको बताए । तल्लो मुस्ताङको घरपझोङका करीब ५० जना किसानले उत्पादन गरेको साग पोखरासम्म ल्याउन भने यतिखेर हवाइ उडान छैन । तसर्थ स्थलमार्ग हुँदै पोखरा ल्याउने गरिएको छ । यहाँसम्म ल्याई पुर्‍याउन मुस्ताङ जन्मघर भइ हाल पोखरा बस्ने किमी छ्योक्योङ गुरुङ र वाङ्दी गुरुङले ट्रक ढुवानी निःशुल्क उपलब्ध गराएका छन् । मुस्ताङदेखि पोखरा आउन गाडीमा १ दिन पूरै लाग्छ ।

सांसद बिष्टले लकडाउनका बेला योबाहेक विभिन्न सामाजिक कार्य गरेका छन् । लामो समयदेखिको लकडाउनले मानिसको दैनिक जनजीवन अस्तव्यस्त हुन पुगेको छ । गरीब तथा विपन्न वर्गका मानिसलाई बाँच्नै धौ–धौ परिरहेको छ । पोखरा, काठमाडौं, चितवन, पर्वत, बागलुङ बसाइँमा अप्ठ्यारोमा परेका १ हजार ३२७ जना मुस्ताङीलाई उनले घर फर्काउन सफल भए । त्यसमध्ये ८०० जना पोखरा बस्थे । सो कार्यमा भने उनलाई मुस्ताङकै अर्का सांसद चन्द्रमोहन गौचन र संघीय सांसद प्रेमप्रसाद तुलाचनले पनि साथ दिए । हिउँदको जाडो छल्न पोखरा झरेका मुस्ताङीहरूलाई वैशाखमा ‘होम क्वारेन्टाइन’मा बस्ने शर्तमा दोस्रो हप्ता मुस्ताङका प्रजिअको समन्वयमा घर फर्काइएको छ । 

सांसद बिष्टले गण्डकी प्रदेश सरकारको सहयोगमा ३४९ जना मुस्ताङी जनतालाई खाद्यान्न उपलब्ध गराए । लकडाउनले बाहिर हिँड्न नपाउने भएपछि पोखरामा रहेका मुस्ताङीको घरघरमै खाद्यान्न पुर्‍याएका छन् ।

पोखरा महानगरपालिकामार्फत मुस्ताङ घर भई पोखरा निवासी ४७ घरपरिवारलाई राहत उपलब्ध गराउन सहयोग गरे भने घुम्ती विद्यालयका ३६० जना विद्यार्थीलाई १ महिनासम्म पुग्ने गरी राहत उपलब्ध गराए । विद्यार्थीलाई राहत वितरणमा भने जिल्ला विकास समिति मुस्ताङका पूर्व सभापति विष्णु हिराचन, उपल्लो मुस्ताङका किमी छ्योक्योङ गुरुङ, ग्याचो गुरुङ (फुवा) को सहयोगमा करीब २ लाख रुपैयाँ बढी रकम संकलन भएको थियो ।

चैत अन्तिम साता उपल्लो मुस्ताङ लोमान्थाङ गाउँपालिका–३ का स्थानीय स्वास्थ्य सहायक कुंगा छेसाङ, स्टाफ नर्सहरू करथिङ गुरुङ, तेमा गुरुङ र पेमा गुरुङको प्राविधिक सहयोगमा मुस्ताङी जो जहाँ छन्, त्यही पुगेर स्वास्थ्य जाँच गरे । सो बेला करीब ४५० जनाको रक्तचाप, ज्वरो लगायत सामान्य चेकजाँच गरी सहयोग गरिएको थियो । जाडो छल्न पोखरा आएका उपल्लो मुस्ताङीको पनि स्वास्थ्य जाँच गर्ने कार्यमा सहयोग गरे । आफ्नो समेत स्वास्थ्यको ख्याल नगरी उनले स्वास्थ्यकर्मीको सहयोगमा त्यसबेला पोखराका घुम्ती विद्यालयमा रहेका शिक्षक, कर्मचारी र विद्यार्थी गरी ५१५ जनाको स्वास्थ्य जाँच गरेका थिए । उनले सांसद तलब तथा भत्ताबाट प्राप्त रकममध्ये १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीमध्ये १ हजार थान मास्कसहित स्यानिटाइजर मुस्ताङी जनतालाई पठाएका थिए ।

मुक्तिनाथ शिरबाट बग्ने कालीगण्डकी नदीमा र्‍याफ्टिङ (३५ सय मिटर उचाइमा) होस् वा लोमान्थाङ प्रचारमा समेत सांसद बिष्टको सक्दो प्रयास जारी छ ।

पोखरा मुस्ताङचोक बस्ने सांसद बिष्ट यतिसम्म गर्छन् कि सामान्य पोशाकमै घण्टौसम्म हिँडेरै बाटो तय गर्दछन् । देखे जतिकालाई सञ्चो–बिसञ्चो सोध्छन् । प्रदेशसभा चलेको बखत हल प्रवेशअघि गाडीबाट ओर्लेर सांसद पोशाक र लोगो लगाउँछन् । पोखरामा घर नभएको भनी सांसद सुविधाबापत घरभाडा नबुझ्ने सांसदमा उनी अपवाद हुन् ।

को हुन् सांसद बिष्ट ? 

उनको जन्म माथिल्लो मुस्ताङको लोमान्थाङ–५ मा २०२६ वैशाख ५ गते भएको हो । बुवा तेम्बा र आमा नुङजिङ वाङ्वो बिष्टका ८ सन्तानमध्ये उनी जेठा छोरा हुन् । उनका २ भाइ, ३ दिदी र २ बहिनी छन् ।

सानैदेखि सामाजिक कार्यमा हुरुक्क हुने बिष्ट २०५४ सालको स्थानीय निकायको चुनावसँगै राजनीतिमा होमिए । त्यसबेला लोमान्थाङ गाविस उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएकोमा निर्विरोध चुनिए । २ वर्षअघि भएको स्थानीय तहको चुनावमा भने उनले अध्यक्ष पदमा पराजय व्यहोर्नुपर्‍यो । त्यसबेला पनि उनको स्वतन्त्र उम्मेदवारी थियो ।

‘अब स्वतन्त्र भएरै मात्र चुनाव जितिन्न भन्ने लाग्यो र वाम गठबन्धनमा प्रवेश गरें,’ उनले भने । नभन्दै प्रदेशको चुनावमा मुस्ताङ १ (ख) बाट उनले बाजी मारे । माननीय बन्नुअघि उनी मुस्ताङी राजा परविल बिष्टसँगै नजिक रहेर काम गरे । त्यहाँ उनले २१ वर्ष बिताए ।

खेलकुद, साहित्य र संगीतमा समेत उनको अभिरुचि छ । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा २ गीत समेत पस्केका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x