मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
बैशाख २०, २०७७
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिवार अपराह्न ४ बजे बस्ने गरी तय भएको छ ।
बैठकको पूर्वसन्ध्यामा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै पक्षका नेताहरू छुट्टाछुट्टै भेटघाटमा व्यस्त देखिन्छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली पक्षका स्थायी समिति सदस्यहरूको आवतजावत तीव्र छ भने वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष प्रचण्डपक्षका स्थायी कमिटी सदस्यहरू पनि घनिभूत छलफलमै व्यस्त देखिन्छन् । सचिवालय बैठकमा दुवै पक्षले एकअर्काको ‘फेस’ कसरी गर्ने भन्ने रणनीति बनाउन व्यस्त रहेका छन् ।
गत बुधवार बसेको सचिवालय बैठकमा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए । प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूले गौतमलाई प्रधानमन्त्री बनाउन राखेको प्रस्तावको आधार सचिवालय बैठकमा खोज्न सुझाएका छन् ।
शुक्रवार वरिष्ठ नेता नेपालनिवास कोटेश्वरमा नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरूले अध्यक्ष प्रचण्डसँग संयुक्त भेटघाट गरे । भेटघाटमा नेपाल समेत उपस्थित थिए । भेटघाटमा नेता नेपालले तेस्रो अध्यक्ष बन्न आएको प्रस्ताव आफूलाई मान्य नभएको बताएका थिए ।
ओलीको ‘बेमौसमी’ प्रस्तावमा सहमत हुनुभन्दा पनि स्थायी कमिटी बैठक बोलाएर समस्याको हल गर्नु नै अहिलेको महत्त्वपूर्ण आवश्यकता रहेको निष्कर्ष छलफलमा निस्किएको सहभागी भीम रावलले बताए ।
‘उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने विधि र प्रक्रिया के हो भनेर स्पष्ट हुन हामीले दुवै नेतालाई सुझाएका छौं,’ रावलले भने, ‘उहाँ (गौतम) लाई राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णय आफैंले कार्यान्वयन नगर्ने, अनि प्रधानमन्त्री बनाउँछु भन्दै हिँड्ने ? यो अल्मल्याउने जस्तै देखिन्छ ।’ नेताहरूलाई अविलम्ब स्थायी कमिटी बैठक बोलाउने निर्णय गर्न सल्लाह दिएको उनले बताए ।
यता प्रधानमन्त्री ओली समूहका स्थायी कमिटी सदस्यहरूले उनलाई कुनै पनि हालतमा नझुक्न सल्लाह दिइरहेका छन् । ‘प्रधानमन्त्रीज्यूसँग हाम्रो निरन्तर सम्पर्क भइरहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिने कल्पना पनि गर्न सकिन्न । हामीले उहाँ (ओलीलाई) कुनै पनि हालतमा नझुक्न सल्लाह दिइरहेका छौं,’ ओली समूहका एक प्रभावशाली नेताले लोकान्तरलाई भने ।
बुधवारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारबाट राजीनामा दिनुपर्ने हो भने आफूले संसदमै सबै कुरा फेस गर्ने बताइसकेका छन् ।
ओलीको अडानमा दोहोरो मापदण्ड देखिएको छ । कुनै पनि हालतमा राजीनामा नगर्ने अडान लिएका ओली आफैंले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । ओलीनिकट मानिने नेता कर्ण थापाले एक सञ्चारमाध्यमसँग कुरा गर्दै ओलीको प्रस्ताव रणनीतिक भएको र राजीनामा दिने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...