×

NMB BANK
NIC ASIA

स्वास्थ्यकर्मीलाई दैनिक भत्ता

बैशाख २२, २०७७

NTC
Premier Steels

मुलुकभर फैलिँदो कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न डेढ महिनादेखि देश लकडाउनमा छ । सङ्घीय सरकारभन्दा एक दिनअगावै गत चैत १० गते नै जुम्लाका सरोकारवाला निकायको सक्रियतामा लकडाउन घोषणा गरिएको थियो । 

Muktinath Bank

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले स्वास्थ्यकर्मी अग्रपङ्तिमा छन् । उनीहरुलाई यस महामारीविरुद्धको विशाल अभियानमा उत्प्रेरित गर्न दैनिक भत्ताको व्यवस्थापन गरिएको छ । जुम्लाको चन्दननाथ नगरपालिकाले यस महामारीविरुद्धको अभियानमा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न दैनिक रु एक हजारको भत्ताको व्यवस्थापन गरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए। उनले भने, “नगरपालिकाले कार्यपालिकाको निर्णय गरी दैनिक भत्ताको व्यवस्थापन गरेको हो ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी नगरपालिकाले पालिकाको सिमानामा पर्ने कर्णाली राजमार्गअन्तर्गत गमगाडमा हेल्थ डेस्क स्थापना गरेको छ । अन्य गाउँपालिका र जिल्ला बाहिरबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क स्थापना गरिएको जनस्वास्थ्य निरीक्षक महतले बताए । 


Advertisment
Nabil box
Kumari

दमकलमार्फत पानी 

Vianet communication

नगरपालिकाले सदरमुकाम खलङ्गा आसपासका उपभोक्तालाई तिला नदीको पानी उपलब्ध गराएको छ । दमकलमार्फत पानी ल्याएर उपभोक्तालाई पानी उपलब्ध गराइएको हो । दुई हप्तादेखि बजारमा नियमितरुपमा धारामा पानी नआएपछि सरसफाइका लागि दमकलमार्फत तिला नदीको पानी ल्याएर उपभोक्तालाई उपलब्ध गराउनुपरेको नगरप्रमुख कान्तिका सेजुवाल बताए। 

उनले भने, “नदीको पानी पिउनयोग्य छैन, तर सरसफाइ गर्न, तरकारी बारीमा सिँचाइ गर्न, शौचालयमा प्रयोग गर्न र कपडा धुन यो पानी प्रयोग हुनेछ ।” लकडाउन सँगसँगै जुम्लामा दुई हप्तादेखि पानीको अभाव भएको छ । 

खलङ्गा खानेपानी उपभोक्ता समितिले सञ्चालन गर्दै आएको खानेपानीको पाइप ठिन्के उर्थु्र सडक खन्ने क्रममा डोजरले पाइप काटेपछि पानी धारामा नआएको हो । खलङ्गा खानेपानी उपभोक्ता समितिका महासचिव मीनबहादुर थापाका अनुसार विकास निर्माणका काम गर्दा खानेपानीका पाइपलाई ध्यान नदिँदा समस्या भएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x