×

NMB BANK
NIC ASIA

कोरोना अब समुदायमा

बैशाख ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बर्दिया, राजापुर–५ बदालपुरकी बालिका घरबाट निस्केपछि कोरोना भाइरसबाट संक्रमित हुन पुगिन्। उनी हजुरआमासँग छिमेकी जिल्ला कैलाली गएकी थिइन्। घर फर्कन नपाउँदै क्वारेन्टाइनमा बसेकी ती ११ वर्षीया बालिकाको अस्पतालमा उपचार भइरहेको छ।

Muktinath Bank

सीमावर्ती सहर नेपालगन्ज–७ का एक शिक्षकको दोस्रो पटकको पीसीआर परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको छ। उनी भारतको नानपाराबाट स्वदेश फर्केपछि क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइनमा बस्न नमानेर कतिपय भागे। कोरोना भाइरस संक्रमण भएको थाहा नपाउँदा उनले धेरैलाई पढाए। उनीबाट फैलन सुरु भएको संक्रमण अहिले २४ जनामा पुष्टि भइसकेको छ। सब संक्रमितको खजुरास्थित सुशील कोइराला परोपकार क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश ५ को सीमावर्ती जिल्ला सम्मरी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा भेटिएका आधा दर्जनभन्दा बढी संक्रमित सीमापारि भारतबाट लुकेर नेपाल आएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए। त्यस्तै, कपिलवस्तु जिल्लामा अग्रपंक्तिमा रहेर कार्यरत २५ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ पाइएको छ।


Advertisment
Nabil box
Kumari

उता, पर्सा जिल्लामा समाचार संकलनमा खटिने दुई जना सञ्चारकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ। भारतबाट आएका जमाती समुदायबाट पूर्वी जिल्लामा संक्रमण फैलन पुगेको छ।

Vianet communication
Laxmi Bank

यी माथिका घटना प्रतिनिधिमूलक हुन्। यी घटनाक्रमले कोरोना भाइरसको संक्रमण तेस्रो चरण अर्थात् समुदाय तहतर्फ तीव्र गतिमा बढेको विज्ञहरू बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘पीसीआर परीक्षण सीमित भयो। जनतालाई भुलाउन बल्छी थापेर हुँदैन। संक्रमण समुदाय तहमा गइसकेको छ। तत्काल ट्रेसिङ नगर्ने हो भने अवस्था भयावह हुन सक्छ।’

संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन। ‘लकडाउनको पूर्ण कार्यान्वयन भएको छैन। पीसीआर परीक्षण पनि अपेक्षाअनुसार विस्तार भएको छैन। ट्रेसिङ पनि सुस्त गति छ। ट्रेसिङ र पीसीआर परीक्षणको द्रुत गतिमा गर्न सकेको भए समुदाय तहमा कति धेरै गइसकेको छ भन्ने प्रस्ट चित्र आउँथ्यो,’ डा. प्याकुरेलले भने। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x