कोरोना नियन्त्रणका लागि प्रदेश २ ले केन्द्रसँग माग्यो बजेट

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत ।

प्रदेश  २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा अप्रत्यासित रुपमा वृद्धि भएपछि प्रदेश सरकारले लकडाउन थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय समितिको बैठकले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने र प्रदेशको सिमानामा थप कडाइ, सीमापारिको आवतजावतलाई निरुत्साहित गर्न प्रचारप्रसार तीव्र बनाउने लगायतको निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव जीतेन्द्र यादवले जानकारी गराए।  


Advertisement

सो बैठकले सीमापारि रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आवश्यक कार्यविधि बनाई संघ सरकारलाई आग्रह गर्ने र स्वदेश ल्याउनुपर्नेका लागि प्रत्येक जिल्लामा तीन÷तीन सय क्षमताको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।यसका साथै कोरोना महामारी नियन्त्रणका लागि सङ्घ सरकारसँग थप बजेटको माग गर्ने निर्णयसमेत गरिएको स्वकीय सचिव यादवले बताए। 


Advertisement

कमेन्ट गर्नुहोस्