×

NMB BANK
NIC ASIA

रौतहटमा आइतवार बिहान १० जनामा कोरोना संक्रमण पाइएको छ । रौतहटको राजपुर फरहदवा नगरपालिका वडा नम्बर ९ स्थित बैरिया गाउँको एक मदर्सामा संचालित क्वारेनटाइनमा रहेका ७ जनामा कोरोना संक्रमण पाइएको छ । १८, ३२,३६,३९,३९, ४२ र ४८ बर्षका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् । 

Muktinath Bank

 उक्त नगरपालिकाका नगर प्रमुख मोहम्म्द सकिल अख्तरका अनुसार संक्रमित सातै जना भारतको मुम्बई बाट आएका थिए । संक्रमित सबै जना बैरिया स्थित मदर्सामा संचालित क्वारेनटाइनमा रहेको उनले बताए । उनीहरू सीमा नाकामा आई सके पछि स्थानीय प्रशासन र नगरपालिकाको समन्वयमा उनीहरूलाई बैशाख ३१ गते नेपाल भित्रियाइएको थियो । उक्त नगरपालिकाका जन स्वास्थ्य अधिकृत रबीन्द्र कुमार झाका अनुसार करीब दुई किलोमीटर जति दूरीमा रहेको बंजरहा नाका बाट उनीहरूलाई भित्रियाइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उनीहरू नाका बाट पैदल नै हिडेर क्वारेनटाइन सम्म आएका थिए,’  झाले भने,‘ उनीहरू घर भने गएका थिएनन् । ’ उक्त क्वारेनटाइनमा अहिले कुल  ८० जना छन् ।  उक्त मदर्सामा १ हजार जति मानिस अटाउन  सक्ने क्षमता रहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

संक्रमित सातै जनालाई उपचारका लागि बिरगंज पठाउने तयारी गरिएको छ । त्यसै गरी रौतहटको ईशनाथ नगरपालिकामा समेत तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  उक्त नगरपालिकाको वडा नम्बर ३ औरैया र वडा नम्बर ५ मोतीपुरका २८,३० र ३३ बर्षीय पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

Vianet communication

उक्त नगरपालिकाका प्रमुख संतोष कुमार मेहताका अनुसार संक्रमित तिनै जना भारतको दिल्ली बाट आएका थिए । 

‘६ दिन अगाडि लुकी छिपी बोर्डर कटेर उनीहरू आएका थिए,’ नगर प्रमुख मेहताले भने,‘तीन जना मध्ये दुई जना सीधा क्वारेनटाइनमा आएको तथा एक जना आफ्नो घरको चापाकलमा नुहाउन गएको भन्ने कुरा आएको छ ।’ उनीहरू घर गए वा सीधा क्वारेनटाईनमा आए त्यसको अनुसन्धान भई रहेको उनले बताए ।

उनीहरू वडा नम्बर ३ स्थित औरैयामा संचालित क्वारेन्टाइनमा रहेका छन् । शुक्रवार क्वारेनटाइनमा रहेका २७ जनाको स्वाब संकलन गरिएकोमा २ जनाको रिजल्ट पोजेटिभ आएको मेहताले बताए ।          
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x