×

NMB BANK
NIC ASIA

सीमामा पर्खाल लगाउन तलब दिन्छु भन्ने सांसदलाई कर्णको प्रश्न– नारामा मात्र राष्ट्रियता ?

जेठ ४, २०७७

NTC
Premier Steels

राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मणलाल कर्णले भारतीय सीमामा काँडेतार र पर्खाल लगाउन एक महिनाको तलब दिन्छौ भन्ने सांसदलाई नारा लगाएर राष्ट्रियता देखाउनु भन्दात्यो तलब गरीब किसानलाई मल खरिद गर्नका लागि दिन सुझाव दिएका छन् ।

Muktinath Bank

उत्ताउला कुरा गर्नुभन्दा गरीब, किसानको जीवनस्तर उकास्नेतर्फ लाग्न उनको सुझाव छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कृषिका लागि पनि जुन प्राथमिकता राख्नु पर्ने हो राखेको छैन, अहिले उताबाट एसएसबी र यताबाट सशस्त्र प्रहरीले घेरेर भारतको बोर्डर करीब–करीब सिल गरेको छ, बरु किसानले मलबिउ पाउँदैनन्, सिंचाइको व्यवस्था छैन,’ आइतवार प्रतिनिधि सभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै सांसद कर्णले भने, ‘मैले एकदुई जना माननीयज्यूले त्यहाँ पर्खाल निर्माण गर्न कोहीले एक वर्ष त कोहीले एक महिनाको तलब दिन्छु भनेको पढें । म उहाँहरूसँग विनम्र अनुरोध गर्छु, पहिले गएर आफ्नै एक महिना हो कि दुई महिना हो या दुई दिनको तलब आफ्ना किसानलाई रासायनिक मल खादकोे व्यवस्था गर्नुस् । भाषण गरेर हुँदैन, पर्खाल बन्द गरेर तारबार लगाएर त्यसको परिणमा के त ? राज्यले त्यसको विकल्प सोचेको छ ? प्रबन्ध गरेको छ ? नारामा मात्र राष्ट्रियता देखाएर हुँदैन । किसानको आर्थिक अवस्था सुधार्न जरुरी छ ।’


Advertisment
Nabil box
Kumari

यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका केही सांसदले भारतसँग सीमा व्यवस्थापन गर्नुपर्ने भन्दै सरकारले पर्खाल या काँडेतार लगाएमा एक महिनाको तलब दिने घोषणा गरेका थिए । 

Vianet communication

सांसद कर्णले देशमा राजनीतिक स्थायित्व कायम भएको भन्ने कुरा गलत भएको बताए । ‘कोरोनाले शान्ति देखेको छ, मान्छेको मन अहिले पनि अशान्त छ,’ उनले भने ।

उनले राहतको नाममा भोजन बाँड्ने मात्र नभई कृषि, उद्योय, पर्यटन लगायतका क्षेत्रमा पनि राहत दिन माग गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x