पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपालमा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ तर यी व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि मृत्युपछि भयो ।
नेपालमा कोरोना संक्रमण पहिचान भइसकेपछि कसैको पनि मृत्यु भएको छैन । संक्रमण देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभर संक्रमितको संख्या ३७५ पुगेको छ भने ३६ जना उपचारपछि निको भएका छन् । औषधि नै पत्ता नलागेको कोरोना भाइरस संक्रमणको उपचार कसरी गरिँदैछ ? संक्रमित कसरी निको हुन्छन् ?
नेपालका कोरोना संक्रमितमध्ये अधिकांशमा सामान्य लक्षण समेत देखिएका छैनन् । संक्रमितको कोरोना विशेष अस्पतालको आइसोलेनसमा राखेर चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार हुने गरेको छ ।
कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन तथा वरिष्ठ कन्सल्टेन्ट डा. सुदर्शन थापाका अनुसार संक्रमितलाई चिकित्सकको निगरानीमा राख्ने गरिएको बताए । ‘बुटवलमा उपचार गराइरहेका संक्रमित २४ सैं घण्टा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । उहाँहरूको माग बमोजिम तातोपानी दिइन्छ,’ उनले भने ।
बिरामीलाई पर्याप्त तातोपानी र दैनिक ३ पटक खानाको व्यवस्था गरिएको हुन्छ । रोगसँग लड्ने रोगप्रतिरोधात्मक क्षमता बढाउन प्रत्येक दिन फलफूल (स्याउ, केरा, अंगुर) दिने गरिएको छ । प्रत्येक दिन १/१ वटा अण्डाको पनि दिने गरिन्छ ।
‘हामीले बिरामीलाई टाउको दुख्यो भने सिटामोल दिन्छौं । तापक्रम ९९ फरेनाइट पुग्यो भने ज्वरो आएको मानिन्छ तर अहिलेसम्म बिरामीमा ज्वरो देखिएको छैन । बुटवलमा बिरामी त्यति जटिल समस्या देखिएको छैन,’ डा. थापाले भने, ‘बिरामीलाई तन्दुरुस्त बनाउन हामीले हप्तामा २ पटक मासुको व्यवस्था समेत गरेका छौं ।’
संक्रमितमा लक्षण देखिएपछि मात्र अस्पतालमा जाने र लक्षण नदेखिए सुरक्षित रुपमा अरुको सम्पर्कबाट टाढै रहेर घरमै वा गाउँटोलकै व्यवस्थित क्वारेन्टाइनमा बसेर पनि कोरोनालाई जित्न सकिने चिकित्सक बताउँछन् । ‘यही अवस्थामा बिरामीको संख्या बढ्दै गएमा अस्पतालले थेग्न सक्ने अवस्था नरहन सक्छ । जटिल अवस्थामा पुगेका बिरामीलाई अस्पताल ल्याउने र लक्षण नदेखिएकाहरूलाई घरमै सुरक्षित रुपमा कसैको सम्पर्कमा नआउने गरी पनि राख्ने वा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आउनसक्ने देखिन्छ,’ डा. थापाले भने, ‘लक्षण देखिएन भने घरमै चिकित्सकको सम्पर्कमा रहेर सुरक्षित बस्दा पनि हुन्छ ।’
यस्तै संकेत प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पनि गरेका छन् । मंगलवार बिहान सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘पूर्वाधारले सम्पन्न भएका मुलुकमा समेत सामान्य अवस्थाका संक्रमितहरूको उपचार डाक्टरको परामर्शमा घरमै हुने गरेको छ । संक्रमितको प्रत्यक्ष सम्पर्क वा उसले प्रयोग गरेका सामग्री बाहेकबाट कोरोना भाइरस सरेको तथ्य छैन । एउटै घरमा पनि सामाजिक दूरी र अलग–अलग सामानको प्रयोग गरी बिरामीको स्याहार गरी आफू सुरक्षित हुन सकिन्छ तर हामी अझै आइसोलेसन केन्द्र र अस्पतालमा बिरामी राखेर उपचार गर्ने योजनामा छौं । महामारीको अवस्थामा त घरघरमै उपचार गर्नुपर्ने अवस्था आउन सक्छ ।’
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा बाँके, कपिलवस्तु र दाङका गरी १६ जना कोरोना संक्रमित बिरामी आइसोलेनसमा छन् । अस्पतालका फोकल पर्सन कमल चन्दले बिरामीमा हालसम्म कुनै लक्षण नै नपाइएको बताए । ‘चिकित्सकको प्रत्यक्ष निगरानीमा बिरामी छन् । उनीहरूलाई बिहान–साँझ खाना, दिउँसो नास्ता, तातोपानी, हप्तामा २ पटक मासु र फलफूुलहरू दिइन्छ । आनन्दसँग दिन कटाइरहनुभएको छ,’ चन्दले भने, ‘बिरामीलाई दिन कटाउन सहज होस् भनेर इन्टरनेट (वाईफाई) पनि जडान गरिदिएका छौं । आज/भोलिमै टिभी पनि जडान गरिदिँदै छौं ।’
चन्दले संक्रमित बढ्दै गए लक्षण नदेखिएका व्यक्तिलाई घरमै छिट्टै कसैको सम्पर्कमा नआउने गरेर वा क्वारेन्टाइनमै राख्नुपर्ने अवस्था आउन सक्ने बताए । ‘अहिलेकै अवस्थामा बिरामीहरू बढ्दै गए कोरोनाको उपचारको लागि बनाइएका अस्पतालले थेग्न सक्ने अवस्था छैन । लक्षण नदेखिएका बिरामीलाई अस्पताल नल्याएर क्वारेन्टाइन वा अन्य कुनै सुरक्षित स्थानमा राख्नेबारे प्रदेशको सामाजिक विकास मन्त्रालयले छलफल चलाएको पनि छैन ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले विश्वका धेरै देशमा जटिल समस्या देखिएपछि मात्र अस्पतालमा पुग्ने गरेकाले नेपालमा पनि लक्षण नभएकालाई घर वा अन्यत्र कुनै सुरक्षित ठाउँमा राख्न सकिने बताए । ‘मन्त्रालयले हामीसँग अहिलेसम्म यो विषयमा छलफल चलाएको छैन । हटलाइन बनाउने समस्या परेमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने । घरमै वा अन्य सुरक्षित ठाउँमा बसेर रिकभर गर्न पनि सकिन्छ लक्षण नभएका बिरामीले,’ डा. खनालले भने, ‘संक्रमितको खानपानका क्रममा चिसो पानी खानै हुँदैन भन्ने होइन । बढी चिसो फ्रिजको पानी खानु भएन । नर्मल पानी खान सकिन्छ । तातोपानी यति नै खानुपर्ने भन्ने पनि छैन । तातोपानीले घाँटी सफा गर्ने भन्ने हो । घरको खाना र अस्पतालमा दिइन खाना उस्तै हो । केही फरक हुँदैन ।’ लक्षण नदेखिएका बिरामीले अस्पतालमा पाइरहेको खाना र स्याहारसुसार घरमै पनि गर्न सकिने उनले बताए ।
‘चिकित्सकको प्रत्यक्ष निगरानीमा बस्ने भनेको पटक–पटक बिरामीको अवस्था बुझ्ने हो । तापक्रम बढेको महसूस गरे मापन गर्ने, घाँटी दुःखेको छ कि छैन ? श्वासप्रश्वासमा समस्या छ कि छैन भनेर पटक–पटक सोधपुछ गर्ने हो । धेरै पटक–पटक साबुनपानीले मिचिमिची हात धुने हो । हातको सफाइ गर्न सकियो भने कोरोनाबाट बच्न सकिन्छ,’ उनले भने, ‘अहिलेको प्रविधि र साक्षरताको युगमा घरमै टेलिफोन वा अन्य माध्यमबाट पनि संक्रमितलाई निगरानीमा राख्न सकिन्छ र डाक्टरको सल्लाह अनुसार संक्रमित आफैंले ख्याल राख्न सक्छन् ।’
अस्पतालमा रहेका बिरामीको २२ घण्टामा २ पटक लगातार रिपोर्ट नेगेटिभ आएपछि बिरामीलाई डिस्चार्ज गरिन्छ । अस्पताल आएको ४/५ दिनपछि स्वाब संकलन गरी जाँचका लागि पठाइन्छ । सामाजिक विकास मन्त्रालयको अस्पताल तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले कोरोना अस्पतालका शय्या बढाउने कार्य अगाडि बढिसकेको बताए । ‘बिरामी बढेसँगै अस्पतालमा शय्या बढाएका छौं । अन्य विषयमा छलफल गर्दै अगाडि बढ्ने छौं,’ डा. चौधरीले भने ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले सम्बन्धित व्यक्ति अनुशासित रहेमा संक्रमितलाई घर, वडा र गाउँकै स्कूलमा राख्न पनि सकिने बताए । ‘नेपालीहरू अनुशासित कम छन् । अब यहीँ अवस्थामा संक्रमण बढ्दै गए लार्ज मोडालिटीमा जानुपर्छ । जसको लागि वडाका स्कूलमा लक्षण नदेखिएका संक्रमित राख्ने, दूरी कामय गर्ने, घरबाटै खानाको व्यवस्था गर्न सकिन्छ तर अनुशासित चाहिँ हुनुपर्छ । हेलचक्र्याइँ गरे भयावह हुन सक्छ,’ उनले भने ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...