कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
लगातार ५ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रादेशिक क्वारेन्टाइनलाई सील गरिएको छ ।
धनुषाको नगराईन नगरपालिका–५ गंगुलीमा प्रदेश सरकारको लगानीमा सञ्चालित क्वारेन्टाइनलाई सील गरिएको हो ।
जेठ ३ गते १ जना, जेठ ४ गते २ जना र जेठ ६ गते २ जनामा कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइनलाई नेपाली सेनाको सहयोगमा सील गरिएको छ । धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणका नेपाली सेनाको कर्नेल गजेन्द्र रावलको नेतृत्वको टोलीले सील गरेको क्वारेन्टाइनका संयोजक सन्तोषकुमार ठाकुरले बताए ।
सील भएका कारण तत्काल क्वारेन्टाइनमा नयाँ व्यक्तिलाई राखिने छैन । ‘क्वारेन्टाइनमा ८४ जना छन्, अब न कोही आउन पाउनेछन्, न कोही बाहिर जान पाउनेछन्,’ ठाकुरले भने, ‘क्वारेन्टाइनबाट डिस्चार्ज भएर जाने व्यक्ति पनि तत्कालै बाहिर जान पाउने छैनन् ।’
संक्रमित व्यक्तिको सम्पर्कमा आएका कारण क्वारेन्टाइनमा २१ दिन बिताएर डिस्चार्ज हुने व्यक्ति पनि जान नपाउने भएका हुन् । ‘आज बुधवार ८ जना व्यक्ति डिस्चार्ज हुनुपर्ने थियो तर संक्रमित व्यक्तिको सम्पर्कमा आएका कारण डिस्चार्ज हुन पाएनन्,’ उनले भने । अब सबै जनाको पुनः स्वाब संकलन गरेर परीक्षण गरेपछि मात्रै घर जान दिइने छ ।
क्रमशः सबै जना डिस्चार्ज भई क्वारेन्टाइनलाई स्यानिटाइज गरेपछि मात्र नयाँ व्यक्ति राख्न शुरू गरिने ठाकुरले बताए । १२० शय्या क्षमता रहेको क्वारेन्टाइनमा हालसम्म २२० जना राखिएकोमा ५ जना संक्रमित भएर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका छन् भने १४१ जना घर गइसकेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...