×

NMB BANK
NIC ASIA

संक्रमण तीब्र भएसँगै झस्कियो प्रदेश सरकार, तत्काल ४ वटा शव वाहन किन्दै

जेठ ७, २०७७

NTC
Premier Steels

५ नम्बर प्रदेशमा कोरोना भाइरस संक्रमण देखिएको १८ दिनमै १७६ जनामा संक्रमण पुष्टि भयो । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेको अवस्थामा कोरोनाबाट २५ वर्षीय युवाको मृत्यु भयो ।

Muktinath Bank

सबैभन्दापछि कोरोनाका बिरामी भेटिएको प्रदेशमा संक्रमितको मृत्यु हुन थालेपछि प्रदेश सरकार झस्किएको छ । प्रदेशमा कोरोनाको उपचार गर्ने ४ वटा अस्पतालले मृत्यु हुने संक्रमितको संख्या बढ्दै गए शव व्यवस्थापन जटिल हुने भन्दै शववाहन माग गरेका छन् । अस्पतालको माग बमोजिम प्रदेश सरकारले ४ वटा ‘शव वाहन’ गाडी खरिद गर्दैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ४ वटा शव वाहन गाडी खरिदको प्रक्रिया थालिएको बताए । ‘हामीले पहिलो चरणमा ४ वटा अस्पतालको लागि शव वाहन गाडी खरिद गर्दैछौं,’ मन्त्री बरालले लोकान्तरसँग भने, ‘मन्त्रालयले बजेट विनियोजन समेत गरेको छ । शव वाहन गाडी खरिद गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयसँग अहिले थप बजेट माग्नु परेन ।’ 


Advertisment
Nabil box
Kumari

प्रदेशमा बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पताल, भैरहवाको भीम अस्पताल, दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा स्तरोन्नति गरिएको छ ।

Vianet communication

सामाजिक विकास मन्त्रालयका सचिव गोपीकृष्ण खनालले शव बाहक १ हप्ताभित्र खरिद भइसक्ने बताए । ‘गाडीका लागि रकम निकासा भइसकेको छ । एउटा गाडी १५ देखि २० लाख रुपैयाँसम्ममा खरिद हुन्छ,’ सचिव खनालले भने । 

हालसम्म शवको व्यवस्था नगरपालिका गर्ने गरेका छन् । कोरोनाबाट मृत्यु भएकालाई बोक्न अलग्गै ‘डेडिकेटेड’ शव वाहन चाहिन्छ । शव व्यवस्थापनको छुट्टै कार्यविधि छ । बिरामीको निधन भयो भने शवलाई स्वास्थ्यकर्मीले सुरक्षित रुपमा प्लास्टिकले र्‍यापिङ गर्नेछन् । शवलाई दाहसंस्कार गर्ने ठाउँमा लगिने छ । परिवारले अन्तिममा शव हेर्न चाहेमा २ मिटर परबाट शव हेर्न पाउनेछन् र शव सुरक्षाकर्मीले दाहसंस्कार गर्नेछन् ।

बुटवलको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले वैज्ञानिक र सुरक्षित ढंगले शव व्यवस्थापन गर्नुपर्ने हुँदा शव वाहन गाडी आवश्यक देखिएर खरिदको माग गरिएको बताए । प्रदेशमा हालसम्म कुनै पनि सरकारी निकायले शव वाहन गाडी खरिद गरेका छैनन् । ‘कोरोनाबाट मृत्यु भएकाको शव अन्य शवजस्तो होइन । बडो सतर्कतापूर्वक व्यवस्था गर्नुपर्छ । अन्य सामान्य गाडीमा शव बोक्दा भाइरस सर्ने जोखिम हुन्छ । शव वाहन भए धेरै सहज हुन्छ,’ उनले भने, ‘शव वाहन ‘डिस इन्फेक्सन’ गरेर लैजानुपर्छ । चालकले पीपीई लगाउनुपर्छ ।’

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले संक्रमण बढ्दै जाँदा पछि मृत्यु हुने क्रम पनि बढेमा शव व्यवस्थापनमा ठूलो संकट आउन सक्ने बताए । 

प्रदेशका १२ जिल्लामध्ये ७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । रुपन्देही, बाँके र कपिलवस्तुमा संक्रमित धेरै छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x