कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जेठ ९, २०७७
कोभिड–१९ (कोरोना भाइरस) बाट मृत्यु भएका गुल्मीका शिक्षकको मृत्यु भएको २५ घण्टा बितिसक्दा समेत शव उठ्न सकेको छैन । परिवारले शव व्यवस्थान गर्न सुरक्षा निकायलाई अनुमति दिन नमान्दा मृतकको शव रूपन्देहीको तिलोत्तमाको क्रिमसन अस्पतालको आइसियुमै छ ।
गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिया शिक्षकको उपचारको क्रममा बिहीवार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको थियो । मृतकको परिवारले बिरामीमा कोरोना देखिएपछि उपचार नपाएर मृत्यु हुन पुगेको आरोप लगाएको छ ।
मृतका भाइ मिनबहादुर कुँवरले अस्पताल र चिकित्सकको लापरवाहीले दाजुको मृत्यु भएको आरोप लगाए । ‘कोरोना पुष्टि भएपछि बिरामी राखिएको भेन्टिलेटर बन्द गरियो । चिकित्सक नैं भित्र गएनन् । जसले गर्दा बिरामीको मृत्यु भयो । यसको निष्पक्ष छानविन र पीडितलाई न्याय दिने सहमति नहुदासम्म शव व्यवस्थापनका लागि अनुमति दिन सकिँदैन,’ कुँवरले भने ।
कुँवरले थपे, ‘बिरामी कसैको कोरोना संक्रमितको सम्पर्कमा गएकै छैन । कसरी कोरोना देखियो । अचम्ममा परियो । स्वाव फेरबदल भयो कि भन्ने आशंका पनि हाम्रो छ । अस्पतालबाट बिरामीको सम्पर्कमा रहेका २९ जनाको स्वाव संकलन गरेर लगिएको छ । जसमध्ये १९ जनाको रिर्पोट नेगेटिभ आएको छ । अन्यको १० जनाको रिर्पोट नआउँदासम्म शव उठाउन सकिँदैन ।’
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले परिवारले शव बुझ्न नमान्दा ढिलाई भएको बताए । ‘हामी परिवार, अस्पताल सँग छलफलकै क्रममा छौं । सुरूमा परिवारले शव बुझ्नुपर्यो । त्यसपछि बल्ल हामीले ‘डेथबडी’ लाई हामीले लगेर व्यवस्थान गर्ने हो,’ उनले भने ।
यस्तै प्रहरी प्रमुख हेमकुमार थापाले परिवारका कारण शव उठ्न नसकेको बताए । अस्पतालमा शव एम्बुलेन्स पुगिसकेको छ ।
अस्पतालका सञ्चालक सुरज भट्टराईले उपचारमा कुनै लापरवाही नभएको बताएका छन् । उनले चिकित्सक विरामीको अन्तिम अवस्थासम्म पनि उपचारमा खिटिएको दावी गरे । ‘अहिले आएर शवलाई र्यापिड गरेर तल एम्बुलेन्समा अस्पतालले ल्याउनुपर्छ भनेको छ । त्यो सम्भव छैन । सरकारले नै तयार गरेको फोर्सले ल्याउनुपर्यो । अस्पतालले शवलाई भवनको तल झार्न सक्दैन,’ भट्टराईले भने ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...