×

NMB BANK
NIC ASIA

पूर्वी र पश्चिम नवलपरासीमा शुक्रबार चार जना कोरोना संक्रमित थपिएका छन् । जसमा पश्चिम जिल्लामा ३ र पूर्वी जिल्लामा १ जना छन् । योसँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमित हुनेको संख्या ५ पुगेको छ । भने पूर्वी जिल्लामा ३ पुगेको छ ।

Muktinath Bank

पश्चिम जिल्लामा शुक्रबार संक्रमित हुनेमा रामग्राम नगरपालिका–३ घोडपालीका ३३ वर्षीया पुरुष र वडा नं. १८ पम्फापुरकी  १५ वर्षीया किशोरी छन् । अर्का सुस्ता गाउँपालिका–५को बेलवानी क्वारेन्टाइनमा रहेका ३५ वर्षीया पुरुष छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी सोही वडाका हुन् । यसअघि सोही वडा र क्वारेन्टाइनमा बस्ने २६ वर्षीया पुरुषमा कोरोना देखिएपछि भीम अस्पताल भैरहवा पठाइएको छ । त्यसैगरी पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ को क्वारेन्टाइनमा बस्ने सोही वडाका ४५ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको छ ।


Advertisment
Nabil box
Kumari

रुपन्देहीका कोरोना अस्पताल बिरामीले भरिएपछि जिल्लाका संक्रमितलाई कहाँ लैजाने भन्ने अन्यौल भएको छ । संक्रमितलाई भैरहवा र बुटवल पठाउने भनिए पनि त्यहाँ बेड अभावले पठाउन नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताए । जिल्लामा आइसोलेसन कक्ष छैन ।

Vianet communication

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि आइसोलेसन कक्ष नहुँदा उनीहरुलाई राख्न समेत अन्यौल भएको छ । आइसोलेनस नहुँदा उनीहरुलाई राख्ने विषयमा अन्यौल भएको निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । यसअघि जिल्लामा देखिएका २ संक्रमितलाई भैरहवा भीम अस्पताल पठाइएको थियो ।

प्रदेश सरकारले हरेक जिल्लामा २ सय बेडको आइसोलेसन सेन्टर निर्माण गर्ने जनाएको छ । तर स्थानीय तहमा त्यसको व्यवस्थापनका लागि स्पष्ट निर्देशनसहित सहयोग उपलब्ध नभएकाले केही जटिलता भएको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्माले बताए । उनले नगरपालिकाले हाल १० बेडको आइसोलेसन बनाउन थालेको बताए । 

प्रदेश सरकारले आइसोलेन बनाउन भने पनि अहिलेसम्म व्यवस्थापनका लागि सहयोग नगरेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला स्तरीय कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठकले पाल्ही बहुमुखी क्याम्पस र शहिद स्मृति सामुदायिक अस्पताल बर्दघाटमा १/१ सय बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । तर अहिलेसम्म बन्न सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x