×

NMB BANK
NIC ASIA

सीमामा अलपत्र नागरिक वैधानिक रूपमा स्वदेश भित्रिँदै, सीडीओको समन्वयमा धमाधम गाउँ पठाइयो

जेठ ११, २०७७

NTC
Premier Steels

नेपाल-भारत सीमा नाकामा अलपत्र परेका नेपाली नागरिकहरुलाई वैधानिक तरिकाले स्वदेश भित्र्याइएको छ । स्थानीय प्रशासनको समन्वयमा पछिल्लो ६ दिनमा धनुषामा मात्रै ६ सय २१ जना नगराइनको जटही नाकामार्फत विधिवत रुपमा नेपाल प्रवेश गरेका छन् ।

Muktinath Bank

‘लक-डाउन भएसँगै सीमा नाकामा यति दिनसम्म सिलबन्द गर्नुका साथै कडाइ गरिएको कारण भारत प्रवासमा नेपाली नागरिकहरु भारतमै रोकिनु भएको थियो,’ धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले भने, ‘जेठ ४ गतेदेखि धनुषाको नगराइन नगरपालिका अन्तर्गत जटही नाकामार्फत चेक जाँच गरेर स्थानीय पालिकाको समन्वयमा क्वारेन्टाइनमा पठाउने गरेका छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेठ ४ देखि १० गते सम्ममा ६ सय २१ जना भित्रिएका छन् । ४ गते ६१ जना, ५ गते ६९ जना, ६ गते ३६ जना, ७ गते ८१ जना, ८ गते ६० जना, ९ गते २०७ जना, १० गते १ सय १३ जना नेपालीहरु उक्त नाकामार्फत भित्रिएका हुन् ।


Advertisment
Nabil box
Kumari

उक्त नाकामार्फत धनुषाबाहेक प्रदेश २ का विभिन्न जिल्लाबाहेक अन्य जिल्लाका मानिसहरु समेत आएका छन् । धनुषा, महोत्तरी, सिरहाबाहेक पाँचथर, इलाम, अछाम लगायतका मानिस आएको सिडिओ निरौलाले बताए ।

Vianet communication

‘इलामका १ जना र पाँचथरका ३ जना मानिसलाई सम्बन्धित जिल्लाका पालिकामा पठाउन सवारी साधन उपलब्ध नभएर समस्या भएका कारण धनुषाकै गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाइनमा राख्न लगाएका छौं,’ निरौलाले भने, ‘अछामका मानिसलाई महोत्तरी जिल्ला पठाएका छौं ।’

महोत्तरी जिल्लामा रुकुम, रोल्पा लगायतको जिल्लाका मानिस आएको तथा उनीहरुलाई त्यहींबाट समन्वय गरेर पठाउने बन्दोबस्त गरिएको उनले बताए ।

सशस्त्र प्रहरी नं. ८ गण हेडक्वार्टर जनकपुरका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीका अनुसार नेपाल भित्रिने नेपालीलाई नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्यको चेक जाँच गर्नुका साथै स्यानिटाइज गरिन्छ ।  उप्रेतीका अनुसार नेपाली सीमामा आउने गरेका नेपाली नागरिकलाई सर्वप्रथम साबुन पानीले हात धुवाइन्छ ।  त्यसपछि हातलाई स्यानिटाइज गराईन्छ ।

उक्त मानिसले जुत्ता, चप्पल तथा लत्ता कपडा, झोला लगायतका सामानलाई समेत डिसइन्फेक्ट गरिन्छ । मास्क लगाएको छ भने ठीकै छ नत्र भने मास्क दिइन्छ ।  त्यसपछि थर्मल गनले तापक्रम मापन गरिन्छ ।

‘त्यस पछि व्यक्तिको सम्पुर्ण अभिलेख, ट्राभल हिस्ट्री सहितको विवरण संकलन गरेर क्वारेन्टाइनमा बसेर स्वाब परीक्षण गराउनु पर्नेबारे काउन्सलिङ् गर्छौं,’ उप्रेतीले थपे,‘ त्यसपछि गाडीमा बसाएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइदिने गरेका छौं ।’

धनुषाको नगराइन नगरपालिकाका प्रमुख परमेश्वर यादवका अनुसार आफ्नो पालिकाको ७८ जना नागरिकलाई एम्बुलेन्स तथा ट्रयाक्टरमा राखेर फुलगामामा संचालनमा ल्याएको क्वारेन्टाइनमा राखेका छन् । त्यस अघिसम्म उक्त पालिकाले क्वारेन्टाइन बनाइएको थिएन । त्यसै गरी विभिन्न स्थानीय पालिकाले क्वारेन्टाइनको संख्यासमेत थप्न थालेका छन् ।

प्रदेश २ मा ४ हजार ६ सय ६४ नेपाली नेपाल भित्रिए

प्रदेश २ का आठ वटै जिल्लाको विभिन्न नाकामा अलपत्र परेका हजारौं नेपाली नागरिकहरुलाई स्वदेश भित्र्याउन  थालिएको हो । प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को समन्वयमा बोर्डरमा अलपत्र परेर दशगजामा बसिरहेका नेपाली नागरिकहरुलाई भित्र्याउन थालिएको हो ।

सापकोटाले दिएको तथ्यांकअनुसार ६ दिनको बीचमा प्रदेश नम्बर २ को विभिन्न जिल्लाको मुख्य सीमा नाका हुँदै ४ हजार ६ सय ६४ नेपाली नेपाल भित्रिएका छन् । उनीहरुलाई हाल विभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

महोत्तरीको मुख्य सिमानाका मलिवाडाबाट ५ सय ६७, सिरहाको माडर नाकाबाट ७ सय ३४, सप्तरी स्थित नाकाबाट ७ सय ५४, सर्लाही स्थित नाकाबाट ६ सय १, रौतहट स्थित नाकाबाट ६ सय ९७, बारा स्थित नाकाबाट २ सय ३९ र पर्सा स्थित नाकाबाट ४ सय ६५ जना व्यक्तिहरु नेपाल आइसकेको सापकोटाले जानकारी दिए ।

त्यसै गरी सप्तरी नाकाबाट ९५, सिरहा नाकाबाट ६६, रौतहट नाकाबाट २ सय १२, बारा नाकाबाट ६७ र पर्सा नाकाबाट ४१ सय ८९ जना भारतीयहरुसमेत भारततर्फ गएको सापकोटाले जानकारी दिए ।

  

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x