×

NMB BANK
NIC ASIA

खाद्यसंकट आउने भन्दै गाउँपालिकाले किन्यो ५ सय मुरी कोदो

जेठ ११, २०७७

NTC
Premier Steels

बन्दाबन्दी जारी रहँदा कास्कीको अन्नपूर्ण गाउँपालिकाले किसानसँग ५ सय मुरी कोदो किनेर जोहो गरेको छ । गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिन ११ वडाबाट ती कोदो सङ्कलन गरेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

Muktinath Bank

उनले भने, ‘बन्दाबन्दीको तत्कालको समस्याभन्दा पनि दीर्घकालीन खाद्य सङ्कटलाई ध्यान दिएर लामो समयसम्म नबिग्रने कोदो किसानबाट खरिद गरेका हाँै ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले किसानबाट प्रतिमुरी रु चार हजारका दरले करिब रु २० लाखको कोदो गाउँपालिकाले खरिद गरेको जानकारी दिए । गाउँपालिकालाई आत्मनिर्भर बनाउन स्थानीय उत्पादनलाई नै प्रवद्र्धन गर्ने सोच गाउँपालिकाको रहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

उनले आधुनिक कृषि प्रणाली अवलम्बन गरेर उत्पादनमा जोड दिने नीतिअनुरुप नै गाउँपालिका अगाडि बढेको उनको भनाइ छ । उनले भने, ‘स्वास्थ्यवद्र्धक मानिने कोदोमा रोग प्रतिरोधात्मक क्षमता हुने विभिन्न अध्ययन अनुसन्धानमा देखाएको छ । यसलाई गाउँको समृद्धिसँग जोडेर ‘ब्राण्डिङ’ गर्ने अभ्यास हामी लागेका छौँ ।’

Vianet communication

उनका अनुसार कोदोको प्रवद्र्धनका लागि भदौरे देउरालीमा ल्होसार पर्वको अवसर पारेर गरिने कोदो महोत्सवमा विभिन्न कोदोका परिकारसमेत प्रदर्शन हुँदै आएको छ । त्यसैगरी गाउँपालिकाले सबैभन्दा बढी कोदो उत्पादन गर्ने ११ वडाका तीन–तीन गरी ३३ कृषकलाई पुरस्कृत पनि गर्दै आएको छ ।

गत वर्ष सर्वाधिक ३७ मुरी कोदो उत्पादन गरेर उत्कृष्ट कृषक बन्न सफल रनबहादुर पुनले गाउँपालिको नीतिले कृषकलाई उत्पादनमा जोड दिन प्रेरणा मिलेको बताए ।

उनले भने, ‘म खुशी छु, पुरस्कृत भएँ, पाँच हजार पाएँ, गाउँपालिकाले अहिले पाँच मुरी कोदो पनि खरिद ग¥यो, यस्तो कामले किसानलाई ऊर्जा मिल्छ ।’

उनले गाउँपालिकोको कृषि रणनीति किसानमैत्री भएको बताए । अध्यक्ष कुवँरले आगामी नीति तथा कार्यक्रममा पनि ठूला–ठूला पूर्वाधार विकासका महत्वाकांक्षी योजना नराखी स्थानीय तहमा रोजगार सिर्जना गर्न सक्ने उत्पादन र निर्यातलाई बढी जोड दिने जानकारी दिए ।

‘अहिले ठूला–ठूला योजनाको बारेमा हामी जाँदैनौ, किसान प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नेछौँ”, उनले यो वर्ष करिब ३० हजार कागतीको बेर्ना उत्पादन गरेर वितरण गरेको जानकारी दिए, ‘एउटा कागतीको बेर्ना हुर्काउन सके लैनो भैँसी बराबरको फाइदा हुने रहेछ, कागतीको उत्पादलाई पनि विशेष जोड दिएका छौँ ।’

उनले विभिन्न फलफलूहरु एभोगाडो, सुन्तला, अम्बा, अलैँचीका बिरुवा वितरण गरिएको पनि जानकारी दिए । हाइवेमा नै कृषिको बिक्री केन्द्र राखेर कृषि उत्पादनको बजारीकरण कार्य अन्तिम चरणमा पुगेको बन्दाबन्दीको कारणले सञ्चालन हुन नसकेको उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत युवराज अधिकारीले पर्यटकीयसँगै कृषिलाई पनि विशेष प्राथमिकतामा राखेर उत्पादन बढाउने काम गरेको बताए । उनका अनुसार कृषि प्रणालीको विकास गरी उत्पादन बढाउन समूहमार्फत आउने ६० कृषकलाई हातेट्रयाक्टर वितरण गरेका छ । त्यसैगरी गाउँपालिका परिसरमै नर्सरी तयार गरी कागती, अलैँचीलगायतका बिरुवा उत्पादन गरेर कृषकलाई निःशुल्क वितरण गरिएको छ । उनले गाउँपालिकाको हालको बजेट रु ५८ करोड १० लाख छ । विनियोजित रकममध्ये रु एक करोड १५ लाख कृषिलाई छुट्याएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x