×

NMB BANK
NIC ASIA

क्रियशन र कोकाकोलाद्वारा सफाइकर्मीलाई राहत

जेठ ११, २०७७

NTC
Premier Steels

क्रियशनको पहल र कोकाकोला नेपालको सहयोगमा नेपालमा वेस्ट वर्कर (सफाइकर्मी) लाई सुरक्षा र जीविकोपार्जनका लागि राहत दिन सुरु गरिएको छ।

Muktinath Bank

नेपालमा कोकाकोलासँगै क्रियशनले वेस्ट वर्कर इमरजेन्सी रिलिफ प्रोजेक्ट (डब्लूडब्लूईआरपी) नामको संयुक्त पहलमा घोषणा गरिएकाे कार्यक्रमबाट जोखिममा रहेका वेस्ट वर्करलाई राहत दिन थालिएकाे हाे। यसबाट जागरूकता, सुरक्षा सामग्रीहरू र राहत सामग्रीहरू प्रदान गर्न थालिएकाे छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो परियोजना कोकाकोलाको कोरोनाविरूद्ध लड्न ८ करोड सहयोग गर्ने प्रारम्भिक प्रतिबद्धताको एक हिस्सा रहेको जारी विज्ञप्तिमा भनिएको छ।


Advertisment
Nabil box
Kumari

Vianet communication

यस परियोजनाबाट काठमाडौंको बुढानिलकण्ठस्थित वुमन फर ह्युमन राइटमा कार्यक्रम आयोजना गरिएको थियो। जहाँ १ सय ५० वेस्ट वर्करलाई सुरक्षा सम्बन्धी जागरूकतासँगै राहत सामग्री वितरण गरिएको थियो।

‘हालसम्म ४ राहत कार्यक्ररू सफलतापूर्वक सञ्चालन भइसकेका छन् जसले ४६० वेस्ट वर्करहरूलाई प्रत्यक्ष लाभान्वित गरेको छ। नीहरूलाई सुरक्षा र जागरूकता कार्यक्रम, खाद्यान्न राहत प्याकेज र महिला लाभार्थीहरूको लागि डिग्निटी किट प्रदान गरिएको थियो जसमा प्राथमिक आवश्यकता सुनिश्चित गर्न र उनीहरूको आजीविका सुरक्षाको लागि वातावरण मैत्री र पुनःप्रयोगयोग्य सेनिटरी प्याडको साथसाथै व्यक्तिगत स्वच्छता सामग्रीहरू जस्तै साबुन, डिटर्जेन्ट, पञ्जा र आवश्यक औषधिहरू प्रदान गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ।

मे २५ तारिखको राहत कार्यक्रममा १ सयजना अग्रपङ्गतीमा रहेका वेस्ट वर्करहरुलाई रक्षात्मक जम्पसुटहरू र सुरक्षा सामग्रीहरू प्रदान गरिने जनाइएको छ।

संकटको वर्तमान अवस्थामा ३ हजार २ सय वेस्ट वर्कर र उनीहरुका परिवारहरुसम्म पुग्दै उनीहरुका सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्ने योजना रहेको  क्रियशनका अध्यक्ष आनन्द मिश्राले बताए। परियोजना काठमाडौं, किर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, लहान, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा सञ्चालन गरिनेछ।

वुमन फर ह्युमन राइटकी स्थापक लिली थापाले वेस्ट वर्कर पनि अन्य व्यवसायहरु जत्तिकै अग्रपङ्गतीमा रहेको बताइन्।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले अग्रपङ्गतीमा काम गरिरहेका र महामारीका कारण जोखिममा रहेका वेस्ट वर्करलाई समस्या भइरहेकाले यो कार्यक्रम थालिएको बताए।  


 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x