×

NMB BANK
NIC ASIA

हिजो दिनभर : संविधान संशोधन अघि बढाउने कार्यव्यवस्थाको निर्णय, कोरोना संक्रमणको अवस्था भयावह हुन नदिन नरैनापुरमा निषेधाज्ञा

जेठ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

थप १९ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ६ सय ३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १९ जनामा कोभिड १९ (कोरोना) संक्रमण भएको पुष्टि गरेको छ ।

Muktinath Bank

यससँगै देशभर संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप १९ जनामा कोभिड १९ संक्रमण देखिएको बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार बारा कलैयाका ३२ बर्षीय पुरुष, वीरगञ्ज पर्साका २५ बर्षीय पुरुष, पर्सा घर भएका बारामा कार्यरत अर्का ३४ पुरुष, पर्साकै ६० वर्षीय पुरुष, रौतहटका ३२ वर्षीय पुरुष, सर्लाही हरीपुरका ३्६ वर्षीया पुरुष, रुपन्देही  सम्हारीमाईका २ जना ४० वर्ष र ५० वर्षका पुरुष, रुपन्देही ३२ वर्षका पुरुष, काठमाडौं सोह्रखुट्ट्ेका ७० वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा नयाँ संक्रमण देखिएको हो ।

Vianet communication
Laxmi Bank

यस्तै भैरहवा गरिएको परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिकाका ३ जना ३२, ३० र ४० पुरुषहरु, कपिलवस्तु खैरातीका ३ जना ३०, ३७ र ५२ वर्षीय पुरुष, गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय गरी कूल १९ जनामा संक्रमण देखिएको उनले बताए ।

संविधान संशोधन अघि बढाउने कार्यव्यवस्थाको निर्णय, प्रस्तावको पक्षमा एकमत हुन दलहरूलाई सुझाव

नेपालको नयाँ नक्सा अनुसार अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव अगाडि बढाउने सहमति प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा भएको छ ।

संसद सचिवालय सिंहदरवारमा आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलीय सहमति कायम गरेर संविधान संशोधन प्रस्ताव अगाडि बढाउने सहमति भएको हो ।

विधेयक परिपक्व हुन ७ दिन लाग्ने र त्यसपछि संशोधन प्रक्रिया अगाडि बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अग्नि सापकोटाले देशको नक्सा पारित भएपछि गर्न लागिएको संविधान संशोधनको प्रस्ताव सर्वसम्मत पारित हुनुपर्ने धारणा राखेका थिए । राष्ट्रियताका विषयमा सबै दल एक भएर सामूहिक निर्णय गर्नुपर्ने बताएका थिए । सापकोटाले आफूले पनि दलहरुसँग कुरा गर्ने भन्दै सहमतिका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यव्यवस्था परामर्श समिति बैठकमा उपस्थित कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले मन्त्रिपरिषद्मा कुरा लैजाने बताएकी थिइन् । प्रतिपक्षी दलका सांसदहरुले समेत संविधान संशोधन प्रस्तावमा सहमति जनाउने आश्वासन दिएका थिए ।

बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले आफूहरु संविधान संशोधनको विरोधी नभएको भन्दै संविधान संशोधनको प्रस्तावमा एउटै आवाज हुनुपर्ने बताएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । ‘संविधान संशोधनको विषयमा सरकारले सहमति गरोस, हामीले विगतमा पनि उठाएको कुरा हो, संविधान संशोधनको विषय  एक मत बनाएर जाऔ’ उनले भनेका थिए ।

लिम्पियाधुरा, लिपुलेकसहितका अतिक्रमित गरिएका भूमि समेटी नयाँ नक्सा जारी गरेलगत्तै सरकारले गत शुक्रवार संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

कार्यव्यवस्था परामर्श समितिले सांसदहरुले लगाउने लोगो र संसदको रोष्ट्रममा रहेको प्रतीक चिन्ह अद्यावधिक नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

सुरक्षामा उच्च मनोबलका साथ काम गर्न आइजीपी खनालको निर्देशन
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षामा उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतलाई आज  दर्ज्यानी  चिह्न प्रदान गर्दै उनले नेतृत्व तहले राष्ट्र जनता र सङ्गठनको हितमा कार्य गरेको भन्दै उनले आफूले के पाएभन्दा पनि मैले मुलुकका लागि के गरेँ भनेर सोच्नुपर्ने उल्लेख गरे। 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफूलाई समयसापेक्ष परिवर्तन गर्दै मुलुक र जनताको हितमा कार्य गर्नसमेत प्रहरी कर्मचारीलाई निर्देशन दिए। राष्ट्र, राष्ट्रियता र जनताभन्दा ठूलो केही नभएको उल्लेख गर्दै उनले प्रत्येक राष्ट्रसेवक कर्मचारी इमान्दार र कर्तव्यनिष्ठ काम गर्नुपर्नेमा जोड दिए।

उनले नेपाल सरकारबाट प्राप्त निर्देशनअनुसार २२१ वटा सीमा निगरानी चौकी (विओपी) लाई एक वर्षभित्र स्थापना गर्ने लक्ष्यअनुरुप हालसम्म १२३ ठाउँमा स्थापना भइसकेको जानकारी दिए।

राजाको तस्बिर अंकित नोट बजारमा नपठाउन निर्देशन
नेपाल राष्ट्र बैंकले तत्कालीन राजाको तस्बिर अंकित नोट बजारमा नपठाउन निर्देशन दिउको छ। 

राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेर तत्कालीन राजाको अंकित भएको नोट पुनः निष्काशन नगर्न र चलनचल्तीका लागि नपठाउन भनेको हो। यद्यपि, यी नोटमा तत्कालै प्रतिबन्ध लाग्ने भने होइन।

सर्वसाधारणसँग रहेका त्यस्ता नोट  बैंक तथा वित्तीय संस्थामार्फत खिचेर चलनचल्तीबाट हटाउने तयारी थालिएको हो।

राष्ट्र बैंकले सफा नोट नीति कार्यान्यन गर्न गराउन परिपत्र गरेको छ।  

संविधान संशोधनबारे निर्णय लिन कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउने
सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधनसम्बन्धी विषयमा आवश्यक निर्णय गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने भएको छ।

कांग्रेसको पदाधिकारीको आइतबारकाे बैठकले सन् १८१६ को सुगौली सन्धिको ऐतिहासिक तथ्यको जगमा महाकाली पूर्वको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भू–भाग भएको र ती भू–भागमा नेपालको हक निर्बाध ढङ्गले स्थापित हुनुपर्दछ भन्ने धारणालाई दोहो-याएको छ। बैठकले सरकारलाई उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्न पुनः माग गर्ने निर्णय गरेको छ।

सरकारले ती भूमि समावेश गरी नयाँ नक्सा जारी गरिसकेकोमा अब निशान छापमा समेत समावेश गर्न संविधान संशोधन गर्नुपर्ने हुन्छ। त्यसका लागि सरकारले संसदमा संशोधन प्रस्ताव लगिसकेको छ। यसबारे कांग्रेस सकारात्मक रहे पनि निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाउन लागिएको हो।

भारतद्वारा अतिक्रमित भूमि प्राप्तिमा ठोस कदम चाल्न संसदीय समितिको निर्देशन
संघीय संसद्अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भारतले अतिक्रमण गरेको नेपालको भूमि प्राप्तिमा ठोस कदम चाल्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमाा आइतबार नेपाल भारत सीमा सम्बन्ध तथा विदेशबाट नेपाली फर्काउने विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भएको छलफलपछि समितिले कूटनीतिक रुपमा छलफल गरी संवादमार्फत नेपालको भूमि फिर्ताका लागि ठोस पहल गर्न सरकारलाई निर्देशन दिएको  हो।

बैठकले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउनसमेत सरकारलाई निर्देशन दिएको समितिका सभापति दिलकुमारी रावलले जानकारी दिए। समितिले मुलुकको राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरी संविधान संशोधन गर्ने प्रक्रिया शुरु गरेर सरकारले ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गरेको छ।

समितिले कोभिड–१९ को महामारीको सम्बन्धमा विदेशमा गाँस, बास कपास, स्वास्थ्य र सुरक्षालगायतबाट सङ्कट बेहोरीरहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वास्थ्य सुनिश्चिता गरी नेपाल ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ। 

११४ संक्रमित भेटिएपछि नरैनापुरमा निषेधाज्ञा, सेना परिचालनको तयारी
बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। 

निषेधाज्ञासंँगै गाउँपालिकामा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाकर्मीको टुकडी परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको  छ। नरैनापुरमा कोरोना सङ्क्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि गाउँपालिकाले शनिबार नै जिल्ला प्रशासन कार्यालयमार्पmत प्रदेश ५ सरकार, संघीय सरकार र सरोकार निकायसँग सहयोग मागेको थियो।

 ‘क्वारेन्टिनबाट समुदायस्तरसम्म सङ्क्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएकाले बाँके प्रशासनमार्फत सङ्घीय र  प्रदेश सरकार तथा जिल्ला सुरक्षा समिति र कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको ध्यानाकर्षण गराउँदै पत्राचार गरेका हौँ’, गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले भने। गाउँपालिकाको मागअनुसार जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको प्रजिअ खड्काले बताए।

पछिल्लो तथ्यांकानुसार नरैनापुरमा ११४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ। तीमध्ये एकको मृत्यु भइसकेको छ। गाउँपालिकाको वडा नं ५ मा मात्र ६२  सङ्क्रमित छन्। नरैनापुरमा १४ क्वारेन्टिनमा अहिले ६२६ जनालाई राखिएको जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार उनीहरुको अहिले नेपालगञ्ज, कोहलपुर र खजुरास्थित आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।  

पहिलो चरणमा २४/२५ हजार नेपालीलाई स्वदेश ल्याउने तयारी छ : परराष्ट्रमन्त्री ज्ञवाली
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोनाभाइरस (कोभिड– १९)का कारण विश्वका विभिन्न देशमा अलपत्र नेपालीलाई सुरक्षित तबरले नेपाल ल्याउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली समेतको उपस्थितिमा आइतवार सिंहदरबारमा बसेको बैठकले कोभिड- १९ को विश्वव्यापी महामारीको सन्दर्भमा विश्वका विभिन्न देशमा गाँसबास तथा स्वास्थ्य, सुरक्षालगायत समस्याबाट संकट व्यहोरिरहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वास्थ्य सुरक्षा सुनिश्चित हुने गरी अविलम्ब नेपाल ल्याउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले विश्वका १०९ मुलुकमा ३४ लाख ५९ हजार ३ सय ७३ नेपाली रहेको प्राथमिक तथ्यांक जानकारी गराउँदै पहिलो चरणमा प्राथमिकताका आधारमा २४/२५ हजार नेपालीलाई मात्र नेपाल ल्याउने तयारी सरकारको रहेको बताए ।

साथै बैठकले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक र त्यसका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाएकोमा धन्यवाद दिँदै सरकारको कदममा ऐक्यबद्धता पनि प्रकट गरेको समिति सभापति दिलकुमारी रावल थापा 'पार्वती'ले जानकारी दिइन् ।

सभापति रावलका अनुसार समितिले कूटनीतिक संवादमार्फत् नेपालको भूमि प्राप्तिका लागि राष्ट्रिय सहमतिका साथ ठोस पहलकदमी अगाडि बढाउन पनि निर्देशन दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x