×

NMB BANK
NIC ASIA

इदमा पहिलो पटक मस्जिद सुनसान

जेठ १२, २०७७

NTC
Premier Steels

मुस्लिम धर्मावलम्बीको महान चाड इद उल–फित्रको अवसरमा मस्जिदमा मुस्लिम समुदायको ठूलो भीडभाड हुन्थ्यो ।

Muktinath Bank

इदका दिन मस्जिदमा भेला भई सामूहिक नमाज पढ्ने, शुभकामना आदानप्रदान गर्नेलगायतका कार्य हुन्थे तर यस वर्षको इद उल–फित्रको अवसरमा मुस्लिम धर्मावलम्बी मस्जिदमा भेला हुँदैनन्, उनीहरूले घरघरमै इद उल–फित्र मनाउने तयारी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू गरिएपछि मस्जिद विगत २ महिनादेखि बन्द छ । कोरोनाका त्रासका कारण यस वर्षको इद उल–फित्रको विशेष कार्यक्रम मस्जिदमा स्थगित गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘यस पर्वको अवसरमा आज मस्जिदमा विशेष कार्यक्रम हुन्थ्यो तर यो वर्ष कोरोनाका कारण मस्जिदमा कार्यक्रम हुने छैन,’ अहमदले भने । उनका अनुसार विगत २ महिनादेखि नै मुस्लिम समुदायले घरघरमा नै नमाज पढिरहेका छन् । 

Vianet communication

इद उल–फित्रको अन्तिम दिन सामूहिक पाठ, एकापसमा गला मिलेर शुभकामना आदानप्रदान गर्ने परम्परा रहेपनि कोरोनाका कारण अहिले विगतको जस्तो रमझम नभएको मुस्लिम अगुवा एवं सञ्चारकर्मी गोरा मियाँले जानकारी दिए । ‘कोरोनाका कारण अहिले चाडजस्तै लागेको छैन,’ उनले भने, ‘तैपनि घरपरिवारमै रमाइलो गरी पर्व मनाउने तयारी गरेका छौं ।’

विगतका वर्षहरूमा यो पर्वको अवसरमा दमौलीका मस्जिदमा करीब ८०० मुस्लिम समुदाय भेटघाट भएर रमाइलो गर्दथे । ‘मैले मेरो जीवनकालमा पहिलो पटक यस्तो अवस्था भोग्दैछु,’ मियाँले भने । मस्जिदमा दैनिक ५ पटक नमाज पढ्ने गरिन्थ्यो । अन्य दिनमा दैनिक २०–२५ जनाले मात्रै मस्जिदमा गएर नमाज पढ्ने गर्दथे भने हरेक शुक्रवार ७०० भन्दा बढीले मस्जिदमा नमाज पढ्ने गर्दथे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x