भोलि वाग्मती प्रदेशको नीति तथा कार्यक्रम

बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेल।

 वाग्मती प्रदेश सरकारले मंगलबार भोलि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा पेस गर्ने भएको छ।

वाग्मती प्रदेशसभाको अधिवेशन सोमबारबाट सुरु भएकोमा भोलि नीति तथा कार्यक्रम पेश गर्न लागिएको हो।


Advertisement

सोमबारको बैठकमा आर्थिक वर्ष २०७७÷७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भएको छ ।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस गरे।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न बनेको अध्यादेश पेस गरे। आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पेस गरे।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्