कर्णालीमा थप १२ जनामा कोरोना पुष्टि

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर बढदै गएको छ । पहिलो कोरोना संक्रमित देखिएको नवौं दिनमा आइपुग्दा कोरोना संक्रमित पुष्टि हुनेको संख्या २३ जना पुगेको हो ।

यो सँगै कर्णाली प्रदेश भारतबाट आउने नागरिकहरुका कारण कोरोना हब बन्ने निश्चित भएको छ ।


Advertisement

मंगलबार बिहानमात्रै १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश अस्पतालमा रहेको पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा जाँच गरिएको पिसिआर रिर्पोटमा आइतबार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए ।

मंगलबार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको उनले बताए । यो सँगै सुर्खेतमा कोरोना संक्रमित हुनेको संख्या १५ पुगेको छ भने दैलेखमा ८ गरी २३ पुगेको हो ।


Advertisement


 

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्