×

NMB BANK
NIC ASIA

अन्तरजातीय प्रेमको दुःखद घटना

जेठ १४, २०७७

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्ने जाजरकोटका एक युवकसहित तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको छ । बेहुली ल्याउन भनी शनिबार बेलुका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुग्नुभएका जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका २४ वर्षीय नवराज विकसहित तीन युवाले ज्यान गुमाएका हुन् ।

Muktinath Bank

विकसहित १९ युवाको टोली जब बेहुलीको घरनजिक पुग्यो, गाउँलेको आक्रमणबाट ज्यान जोगाउन भागाभाग भयो । त्यति मात्र होइन, ज्यान बचाउन भेरी नदीमा हामफालेका भनिएका ६ मध्ये विकसहित तीन जनाको शव फेला परेको छ । अन्य तीन जना मङ्गलबारसम्म बेपत्ता छन् । १२ युवा घाइते भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार र जाजरकोट भेरी नगरपालिका–४ का गणेश बुढाको शव फेला परेको छ भने अन्य तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोरकुमार श्रेष्ठले बेपत्ता ६ जनामध्ये मङ्गलबार दिउँसोसम्म तीन जनाको शव फेला परिसकेको बताए । यस्तै भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक अझै बेपत्ता रहेको जानकारी उहाँले दिनुभयो । डीएसपी श्रेष्ठले घटनाको अनुसन्धान थालिएको र बेपत्ता भएकाको खोजी जारी राखेको बताए ।


Advertisment
Nabil box
Kumari

विकको चौरजहारी–८, सोतकी मल्ल थरकी किशोरीसँग लामो समयदेखि प्रेमसम्बन्ध थियो । आइतबार ती किशोरीलाई ल्याउन विकसहितको युवाको टोली किशोरीको गाउँ पुगेको थियो । विकको टोलीसँगै जानुभएका भेरी नगरपालिका–४, खलङ्गाका सुदीप खड्काले किशोरी लिन जाँदा पूरै गाउँ उर्लेर आई युवाहरूलाई आक्रमण गर्दै खेदेको बताए ।

Vianet communication

त्यस्तै सँगै जानुभएका भेरी नगरपालिका–४ का सरोज भडेलले गाउँ नै उर्लेर आएपछि भागेर ज्यान बचाएको बताए । उनले आक्रमण गर्न आएका महिला केटाकेटीका हातहातमा दाउराको चिर्पट, लाठी रहेको उल्लेख गर्नुभयो । बेपत्ता अन्य एक जना रुकुम चौरजहारीका गोपाल बुढाथोकी आइतबार नै सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ । केही घाइते र सँगै गएकाहरूले पूरै गाउँ उर्लेर आएको र घेरा हालेर कुटपिट गरी ६ जनालाई भेरीमा फालिदिएको दाबी गरेका छन् ।

स्थानीयवासीका अनुसार जाजरकोटबाट केटाहरू आएको थाहा पाएपछि गाउँमै भलिबल खेलिरहेका युवा र खानेपानीसम्बन्धी बैठकमा बसेका युवा, महिला तथा अन्य पुरुषले आक्रमण गरेका थिए । नवराज सहितको युवा समूहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै गाउँलले आक्रमण गरी ढुङ्गामुढा प्रहार गर्दै लखेटेर भेरीमा फालिदिएकोे प्रत्यक्षदर्शीले बताएका छन् । कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त पन्तले घटनाको छानबिन सुरु भइसकेको बताए ।

घटनापछि चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र प्रेमिकासहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार उहाँहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी आएको प्रहरीले जनाएको छ । नवराजका बाबु मुनलाल विकले किटानी जाहेरी दिनुभएको हो । बुवा मुनलाल विकले छोराले न्याय पाउनुपर्ने बताएका छन् । केटीले बोलाएर नै गएको भन्दै उहाँले घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने उल्लेख गरे । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x