गगन थापाले भने- 'संशोधन प्रस्ताव पर्सीकै कार्यसूचीमा राखियोस्, कांग्रेसका सांसद संशाेधनकाे पक्षमा मतदान गर्न आतुर छौँ '

फाइल फोटो।

नेपाली कांग्रेसका नेता गगन थापाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव जेठ १६ गते (पर्सी) कै कार्यसूचीमा राख्न माग गरेका छन्।

नेपालको नयाँ नक्सा अनुसार निसान छाप अद्यावधिक गर्न ल्याएको विधेयक बुधबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा रहेपनि अन्ततः हटाइएको थियाे।


Advertisement

यो विषयमा अनेक कोणबाट टिकाटिप्पणी भइरहेका बेला कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले कार्यसूचीमा राख्दा र हटाउँदा आफूहरुसँग सल्लाह नभएको विज्ञप्ति मार्फत् जनाइसकेका छन्।

कांग्रेस नेता थापाले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कांग्रेस संशोधनको पक्षमा रहेको बताएका छन्।


Advertisement

उनले भनेका छन्, ‘कसैले चिन्ता नलिऔँ,कोही भ्रममा नपरौँ।केन्द्रीय समितिको बैठक गर्ने÷नगर्ने पार्टीको आन्तरिक प्रक्रियाको विषय हो।हामी कांग्रेसका सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँ।’

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्