×

NMB BANK
NIC ASIA

रुकुम घटनाको विरोधमा बुटवलमा प्रदर्शन: 'जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म ?'

जेठ १४, २०७७

NTC
Premier Steels

पश्चिम रुकुमको चौरजहारीमा भएको हत्या घटनाविरुद्ध बुधबार बुटवलमा प्रदर्शन भएको छ। 

Muktinath Bank

जाजरकोटका नवराज विकसहितको हत्या घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै दलित नागरिक अगुवा, मानवअधिकारकर्मी र नागरिकको सहभागितामा प्लेकार्डसहितको विरोध प्रदर्शन गरिएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरुले ‘रुकुम हत्यामा संलग्नलाई कारवाही गर, जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म ? दलितमाथिको विभेद अन्त्य गर, रुकुम घटना पिडितलाई न्याय दे, अजित मिजार, नवराज विक र रुपन्देहीका अङगिरा पासीको हत्या कहिलेसम्म ? जस्ता प्लेकार्ड बोकेका थिए।


Advertisment
Nabil box
Kumari

बुटवल पुष्पलालपार्कको मुख्य सडकमा भौतिक दूरी कायम गर्दै  प्लेकार्ड लिएकाहरुले जातीयताका नाममा हुने विभेद स्वीकार गर्न नसकिने भन्दै संविधानको रक्षा गर्न सरकारले ध्यानाकर्षण गराए। 

Vianet communication

राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडीले मन्त्रालयमा बसेर रुकुम घटनामा संलग्न दोषीलाई संरक्षण गर्न खोजिएपछि बुटवलका आमनागरिक स्वतस्फूर्त रुपमा कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन हुँदा पनि बाध्य भएर सडकमा उत्रनुपरेको बताए।

अभियन्ता नरबहादुर सुनारले दलित समुदायमाथि रुकुम पश्चिमको घटनाले मानव हुनुकै अर्थ बिर्साएको भन्दै दोषीले न्याय नपाउदासम्म निरन्तर आन्दोलन जारी रहने बताए।

प्लेकार्डसहितको प्रर्दशनमा दलित नेता जोगलाल विश्वकर्मा, मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल, पत्रकार बालकृष्ण चापागाई, अगुवाहरु जुद्ध विश्वकर्मा, हरिओम विश्वकर्मा, रामकुमार रणपाल, एमबी विश्वकर्मा,  लोकबहादुर नेपाली, दीपक विश्वकर्मा, मनु खड्का लगायतको सहभागिता थियो। 

भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक गत शनिबार रुकुम पश्चिम चौरजहारी सोती गाउँकी मल्ल थरकी एक युवतीलाई विवाह गर्न भन्दै लिन पुग्दा हत्या भएको थियो । उनीसहित ४ जनाको शव भेरी नदीमा भेटिएको छ। बुधबार मात्रै लोकेन्द्र सुनारको शव फेला परेको छ। 

यसअघि नवराजसहित गणेश बुढामगर र चौरहजारी नगरपालिका-१ टीकाराम सुनारको शव फेला परिसकेको छ। घटनामा भेरी नगरपालिका ११ का १८ वर्षीय सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही अझै वेपत्ता छन्। 

गत शनिबार नै रुपन्देही देवदह ११ की एक दलित बालिकाको हत्या भएको भन्दै उक्त घटनाको समेत छानविन गरी दोषीलाई कारवाही गर्न प्रदर्शनमा माग गरिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x