नेपाली कांग्रेसको 'मुखपत्र' नबन्न भारतीय मिडियालाई विश्वप्रकाशको चेतावनी

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको 'मुखपत्र' नबन्न भारतीय मिडियालाई चेतावनी दिएका छन् ।

बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै शर्माले भारतीय मिडियालाई मुखपत्र बन्ने दायित्व कांग्रेसले नदिएको भन्दै यस्तो बताएका हुन् । 


Advertisement

यस्तै उनले कांग्रेसको सहायक प्रवक्ता नबन्न सरकारका मन्त्री तथा मुख्यमन्त्रीहरूलाई चेतावनी दिएका छन् । कांग्रेसको धारणा व्यक्त या व्याख्या गर्न सरकारका कसैलाई पनि सहायक प्रवक्ता नियुक्त नगरिएको उनले बताएका छन् ।

उनले लेखेका छन्,'कम्युनिस्ट सरकारका केही मन्त्री या कोहि मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको धारणा व्यक्त या ब्याख्या गर्न 'सहायक प्रवक्ता' नियुक्त गरिएको छैन । न भारतीय मिडियालाई 'मुखपत्र'को दायित्व दिइएको छ ।कांग्रेस प्रवक्तालाई सोध्नोस् कांग्रेसको धारणा कि कुर्नोस् जेठ १७ को केन्द्रीय समिति  ।'


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्