दुबै सदनमा बजेट टेबुल, जेठ १८ र १९ गते छलफल हुने

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति दुबै सदनमा टेबुल गरेका छन्।  

उनले प्रतिनिधिसभा र  राष्ट्रियसभाको बिहीबारको बैठकमा आगामी आवको राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका हुन्। खतिवडाले ‘आर्थिक विधेयक, २०७७’ पेश गरे।


Advertisement

संसदमा  प्रस्तुत बजेटमाथि छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १८ र १९ गतेको समय तोकेका छन्। 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले पनि प्रस्तुत बजेटमाथि छलफलका लागि यही जेठ १८ र १९ गतेको समय तोकेका छन्। दुबै सदनको अर्को बैठक यही जेठ १८ गते बस्दैछ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्