सप्तरीमा दुई प्रहरीमा काेराेना संक्रमण

प्रतिकार्यात्मक तस्वीर।

बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा खटिएका थप एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। बुधबार मात्र सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता मावि कुशहाको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत २९ वर्षीय प्रहरी सहायक निरीक्षकमा संक्रमण पुष्टि भएको थियो।


Advertisement

प्रदेश २ मा कोरोना संक्रमित प्रहरीको सङ्ख्या १३ पुगेको छ। सबैभन्दा बढी बारामा सात प्रहरी संक्रमित देखिएका छन्। सप्तरी, सिरहा र धनुषामा दुईदुई  प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए।


Advertisement

कमेन्ट गर्नुहोस्