×

NMB BANK
NIC ASIA

छोरीलाई अँगालाे मार्दा आमाछोरी क्वारेन्टाइनमा

जेठ १६, २०७७

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

धनगढीबाट आएकी छोरीलाई अँगालाे मार्दा एक महिलाले क्वारेन्टाइनमा बस्न बाध्य भएको छ ।

Muktinath Bank

आफ्नै छोरीलाई माया गर्दा घरमै रहेकी ती महिलाले क्वारेन्टाइनको बास होला भन्ने कल्पनासम्म गरेकी थिइनन् । बसबाट झरेपछि छोरीलाई मायाले अँगालाे मार्दा ४१ वर्षीया महिलालाई चौरपाटी गाउँपालिका–६ दुनीको क्वारेन्टाइनमा राखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माइती घर आएकी छोरीलाई साथमा ल्याउन चौखुट्टे गएकी दुनी निवासी ती महिलाले छोरीलाई छोएको भन्दै क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष मने साउदले जानकारी दिए । वडा अध्यक्ष साउदका अनुसार धनगढीबाट अरुसँगै बसमा आएकी युवतीलाई मात्र क्वारेन्टाइनमा राख्ने तयारी भए पनि आमाले छोएका कारण कोरोनाको सम्भावित सङ्क्रमणको आशङ्कामा दुवैलाई क्वारेन्टाइनमा राखिएको छ ।


Advertisment
Nabil box
Kumari

क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई स्वास्थ्य परीक्षणपश्चात् घर पठाइनेछ । उनीहरूलाई कति दिनसम्म क्वारेन्टाइनमा राख्ने भन्नेमा बैठकपछि निश्चित हुने बताइएको छ । धनगढीमा सुरक्षित रहेकी छोरी बसमा अन्य व्यक्तिसँग आउँदा कोरोना सङ्क्रमण भएको हुनसक्ने भन्दै उनलाई क्वारेन्टाइनमा राख्ने विषय पूर्वनिर्धारित रहेको बताइएको छ । जिल्लाबाहिरबाट अछाम आएका व्यक्तिले कम्तीमा २१ दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ ।

Vianet communication

गएको वैशाख २४ यता भारतबाट ३०३ जना र जिल्लाबाहिरबाट २३ जना ३२६ जना चौरपाटी गाउँपालिकाका विभिन्न वडामा आएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले जानकारी दिए । तीमध्ये हालसम्म १२ जना क्वारेन्टाइनमा बसेर घर गइसकेकाे बताइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x