कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
यहाँको एक सहकारीले सामूहिकरूपमा अदुवाखेती शुरुआत गरेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–९ का विभिन्न ठाउँमा तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थामार्फत सामूहिक रूपमा सो खेती लगाइएको हो ।
वडा नं ९ का उमाकोट, गेझा, गौमुख, जामुने र बेल्चौरमा झण्डै ६०० रोपनी जग्गा भाडामा लिएर व्यावसायिकरूपमा अदुवा लगाइएको संस्थाका अध्यक्ष दलबहादुर सिंजालीले जानकारी दिए ।
'उत्पादनका दृष्टिले सम्भावना भएको ठाउँ हुँदाहुँदै पनि बाँदरको समस्याका कारण बालीनाली उत्पादन गर्न असहज भइरहेका बेला सहकारीमार्फत सामूहिक अदुवाखेती गरेका हौं', उनले भने, 'सहकारीमार्फत सामूहिकरूपमा खेती गर्दा काम गर्न सहज, अनुभव आदानप्रदान हुने, कामदार तथा मजदुरको समस्या नहुने र ठूलो परिमाणमा उत्पादन गर्दा बजारीकरणमा पनि सहजता हुनेछ ।'
गत चैतबाट दुई महिनाको अवधिमा झण्डै ६५ मेट्रिक टन अदुवा लगाएसँगै पहिलो चरणको काम सकिएको उनले बताए ।
'प्रतिरोपनी एक हजारका दरले स्थानीयवासीको जग्गा १ देखि ५ वर्षसम्मको अवधि राखेर जग्गा सम्झौता गरियो', उनले भने, 'सहकारीले आफ्नै लगानीमा ‘एक सहकारी एक उत्पादन कार्यक्रम’अन्तर्गत व्यावसायिक अदुवाखेती गरेका हौं ।'
सहकारीले इलाम र सिन्धुलीबाट प्रतिकेजी १३०का दरले ६५ मेट्रिक टन अदुवा ल्याएर लगाएको संस्थाका प्रबन्धक शम्भु अधिकारीले जानकारी दिए ।
सहकारीले अदुवासँगै मिश्रित बालीका रूपमा रामतोरियालगायतका तरकारीखेती पनि गरेको छ ।
'खेतीका लागि निकै सम्भावना बोकेका जग्गा बाँझो देखेपछि स्थानीयवासीसँग समन्वय गरी व्यावसायिक अदुवाखेतीका लागि जग्गा लिजमा लियौं', उनले भने, 'यही अभियानको प्रभावस्वरूप यहाँका अन्य जग्गामा पनि खनजोत गरी केही न केही लगाउने कार्यले तीव्रता पाएको छ यो खुशीको कुरा हो ।'
एक वर्षीय नगदे तथा मसला बालीका रूपमा रहेको अदुवामा मानिसलाई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ, पानीका साथै रेसा तथा अन्य औषधियुक्त तत्वसमेत प्रशस्त मात्रामा पाइन्छ ।
अदुवा एक प्रमुख मसलाबाली तथा नगदेबाली भएकाले पनि यसलाई कृषकले आफू खानलाई भन्दा पनि बिक्री वितरण गरी आय आर्जनलाई मध्यनजर गरी खेती गर्ने प्रचलन छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...