×

NMB BANK
NIC ASIA

कोरोना संक्रमित सुरक्षाकर्मीको पीडा : पत्नी र परिवारलाई ढाँटेर आइसोलेसनको बास

जेठ १७, २०७७

NTC
Premier Steels

लामो ‘लकडाउन’ले रोजगारी गुमेपछि भारतका विभिन्न शहरमा मजदुरी गर्ने नेपाली घर फर्किने लहरले सीमा नाकामा भीडभाड थामिसक्नु थिएन । उच्च जोखिम मोलेर सीमा क्षेत्रमा सुरक्षाकर्मी काममा खटिएकै छन् । 

Muktinath Bank

सीमा नाका हुँदै नेपाल छिर्न खोज्नेलाई कुनै व्यक्तिगत सुरक्षाका उपकरण विनै सम्झाइबुझाई, धकेलेर हुन्छ कि लाठीचार्ज गरेर रोक्नुपर्ने बाध्यता प्रहरीको थियो र छ पनि !
 
कपिलवस्तुको कृष्णनगर, सुठौली नाकामा भारतबाट आएका नेपालीको भीड ठेलमठेल सँगसँगै बढ्दो कोरोना संक्रमण पनि । कपिलवस्तुसहित तराईका जिल्लामा भारतबाट आएका व्यक्तिहरूमा कोरोना संक्रमण देखिने क्रम तीब्र थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कपिलवस्तुको ईलाका प्रहरी कार्यालय कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी पनि जोखिममा रहेको भन्दै वैशाख २७ गते नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र कृष्णनगर नगरपालिका कर्मचारीसहित ५० जनाको कोभिड–१९ (कोरोना भाइरस) जाँच गर्न स्वाब (थुक र खकार) संकलन गरी पठाइयो । स्वाब दिएर पनि सुरक्षाकर्मीहरू निरन्तर सीमामा ड्युटीमा खटिएका थिए । कुनै लक्षण नहुँदा कोरोना लागेको होला भन्ने शंका पनि थिएन ।


Advertisment
Nabil box
Kumari

वैशाख ३० गते साँझ ८ बजेतिर खाना खाएर बसेको बेला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपशम्सेर राणाको फोन आयो । कृष्णनगरमा ८ जनामा कोरोना पोजेटिभ देखिएकाले सतर्क रहनुहोला भनेर जानकारी दिइयो । एसपी सा’पले दिएको अनपेक्षित जानकारीले सबै छक्क परे ।

Vianet communication

सोही राति नै संक्रमितहरूलाई तौलिहवाको तिलौराकोटको क्याफेमा ल्याएर राखिएको छ । सबै छुट्टाछुट्टै कोठामा छन् । 

कोरोनाविरुद्धको काममा ‘फन्टलाइन’मा रहेका सुरक्षाकर्मी दिनहुँ शंकास्पद, संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले जोखिममा परेका हुन् । सुरक्षाकर्मी सहित स्वास्थ्यकर्मी पनि जोखिममा छन् ।
 
संक्रमित व्यक्ति विगत १६ दिनदेखि सोही भवनमा आइसोलेसनमा बसेका छन् । संक्रमितमध्ये एक प्रहरीले भने, ‘कोरोना त देखियो तर अहिलेसम्म कुनै लक्षण देखिएको छैन । हामीलाई अहिलेसम्म चिकित्सक भेट्न त के टेलिफोनमा समेत कस्तो छ भनेर सोधेका छैनन् ।’ हालसम्म कुनै औषधि पनि खाएका छैनन् ।

‘हामी सबै आइसोलेसनमा छौं । घरबाट फोन गरेर सुरक्षाकर्मी पनि संक्रमित भए को हुन् भनेर सोध्छन् । खै अरु कोही होलान्, हामीलाई थाहा छैन । ड्युटीमै छु । काम गरिरहेको छु । भीडभाड छ । साँझ फोन गर्छु भनेर श्रीमती र परिवारलाई ढाँटेको छु,’ उनले भने । आफूलाई संक्रमण भएपनि परिवारलाई जानकारी दिएर तनाव दिन नहुने उनको बुझाइ छ ।

उनले थपे, ‘हामी ५ जना एकै ठाउँमा बसेकाले कसैले पनि आ–आफ्नो परिवारलाई आफूहरू संक्रमित भएको जानकारी दिएका छैनौं । परिवारलाई थप पीडा हुन्छ । तनाव हुन्छ । सावधानी अपनाउँदा–अपनाउँदै पनि कोरोना सर्‍यो ।’ 

कपिलवस्तुपछि बारा र अन्य पूर्वी तराईका जिल्लामा कार्यरत सुरक्षाकर्मी पनि संक्रमित भएका छन् । सीमामा काम गर्ने सुरक्षाकर्मीलाई राज्यले कुनै पनि व्यक्तिगत सुरक्षाका उपकरण नदिँदा जोखिम मोलेर काम गर्नुपर्ने बाध्यतामा छन् । उनी भन्छन्, ‘न पीपीई दिन्छन्, न मास्क न सेनिटाइजर केही पनि दिँदैनन् । सरकारले हामी जोखिम मोलेर ‘हाई रिक्स’मा काम गर्ने सुरक्षाकर्मीलाई आफू जोगिएर काम गर्ने उपकरणको व्यवस्था गर्नुपर्छ ।’

संक्रमितहरू होटलमा बनेको आइसोलेसनमा बिहान उठेर शारीरिक व्यायाम गर्छन्, त्यसपछि नुहाइधुवाई गर्छन् अनि चिया नास्ता खान्छन् । खाना खान्छन् । संक्रमितहरूलाई प्रहरी कार्यालयबाट खाना ल्याइदिने गरिएको छ । साँझ अदुवा, बेसार, गुर्जो, लसुनपानी लगायतको समिश्रणको तातोपानी बनाएर खान्छन् । हालसम्म कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन । संक्रमितबीच आपसमा देखादेख हुन्छ तर नजिक पर्दैनन् ।

‘कोरोना सजिलै जितिन्छ, मनोबल उच्च छ,’ एक संक्रमितले भने, ‘आइसोलेसनमा बसेको यत्रो दिनसम्म एक पटक पनि न डाक्टर भेट्न आए, न कसैले तापक्रम नापे, दुःख लागेको छ ।’ चिकित्सक नआएपनि दैनिकजसो जिल्ला प्रहरी प्रमुख र सीडीओले फोन गरेर आराम गर्नुहोस् निको हुन्छ भनेर आत्मबल बढाउने गरेका छन् । संक्रमितहरूको पछिल्लो रिपोर्ट ५ दिनअघि ‘नेगेटिभ’ छ । अर्को स्वाब रिपोर्ट पनि नगेटिभ आएपछि निको भएर डिस्चार्ज हुनेछन् ।

राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत कार्यरत संक्रमितमध्ये एक जनाले सामाजिक दूरी कायम गर्दागर्दै पनि कहाँबाट कोरोना संक्रमित भयो पत्तो पाउन नसकेको बताए । उनले भने, ‘कामको सिलसिलामा कहिले कृष्णनगर, कहिले विजयनगर गएर क्वारेन्टाइनमा कति थपिए, कति घर गए भन्ने नगरपालिकासँग डाटा लिन जानुर्पथ्यो । कति जनालाई आरडीटी पोजेटिभ देखियो ? कति जनालाई पीसीआर जाँच गर्दा पोजेटिभ आयो ? सबै डाटा लिनुपर्थ्यो । काम गर्दा डिस्टेन्स त कायम गरिएको जस्तो लाग्थ्यो । कसरी सर्‍यो । कसरी ?’ जोखिममा काम गर्ने सबै कर्मचारी, प्रहरी र नेपाली सेनाको पीसीआर जाँच गर्नुपर्ने उनले बताए ।

कपिलवस्तुमा सुरक्षाकर्मी, नर्स, नगरपालिकाका कर्मचारी, पत्रकार र अन्य गरी १०० जनाभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x