चिनियाँ सैनिकसँग सीमामा झडप भएकाे भनिएकाे भिडियाे मिथ्या: भारतीय सेना

भारत र चीनका सैनिकबीच दुई देशको सीमामा भएको भनिएको झडपको भिडियोमाथि प्रश्न उठेको छ।

पछिल्लो पटक भाइरल भएको भिडियोमा दुबै देशका सैनिकबीच तानातान र ढुंगा प्रहार भएको देखिन्छ ।


Advertisement

तर, भारतीय फौजले भारतीय र चिनियाँ फौजबीच कथित झडप भनिएको भिडियो मिथ्या रहेको बताएको हो। भिडियो भाइरल भएपछि भारतीय फौजले विज्ञप्ति जारी गरेर भनेको छ ‘जुन भिडियो पठाइँदैछ, त्यो  प्रमाणिक छैन।’

यो विषयमा चीनको तर्फबाट भने प्रतिक्रिया आएको छैन।   


Advertisement

मे महिनाको ५ तारिखमा पांगोङ त्सो ताल नजिक दुई देशका सेनाबीच  झडप भएकाे भनिएकाे थियाे। उक्त भिडियाे सार्वजनिक भएकाे थियाे। 

हेर्नुस् भिडियाे

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्