×

NMB BANK
NIC ASIA

क्वारेन्टाइनबाटै कोरोना ‘विस्फोट’ हुने डर ! भेडाबाख्रा जसरी राखिएको गुनासो

जेठ १९, २०७७

NTC
Premier Steels

रुपन्देहीको कञ्चन गाउँपालिका–४ स्थित हरैया माविको चौर झाडीको रुपमा परिणत भएको छ । विद्यालय भवनको भुइँतलाको एउटा कोठामा बनाइएको क्वारेन्टाइनमा १ हप्ताअघि भारतको हैदरावादबाट आएका मीनराज गुरुङको परिवारसहित ७ जना बस्छन् ।

Muktinath Bank

दिउँसोमा विद्यालयको चौरमा देखिने सर्पले गर्दा मीनराजलाई रातभर निद्रा पर्दैन । उनी भन्छन्, ‘दिउँसोको चर्को घाममा चौरमा विषालु सर्प देखिन्छन् । राति भुइँमै सुत्ने हुँदा सर्प आउँछ कि भनेर निद्रै लाग्दैन । उठेरै बस्छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालय भवनको क्वारेन्टाइनमा बस्नेलाई म्याट दिइएको छ । उनी आउँदा १५ जना रहेको क्वारेन्टाइनमा अहिले ४७ जना पुगेका छन् ।


Advertisment
Nabil box
Kumari

‘हामी आएपछि अरु पनि ल्याएर राखिएको छ । शौचालय एउटै छ । भेडाबाख्रा जस्तै विद्यालयको गेटबाट भित्र हुल्छन् । यहाँ त सुरक्षित रुपमा आएकाहरूलाई पनि कोरोना सर्छ कि भन्ने डर भो ! न स्वास्थ्य परीक्षण, न सोधखोज । बिहान–साँझ खाना दियो, पुग्यो,’ उनले गुनासो गरे, ‘शौचालय एउटै छ । एउटै कोठामा ८–१० जना बस्नुपर्ने बाध्यता छ ।’
 
दाङको लमहीस्थित नेकपाको शहीद नेत्रलाल स्मृति प्रतिष्ठानमा भारतको पञ्जाबबाट आएर १२ दिनदेखि बसेका पशुपति ज्ञवाली शनिवारदेखि त्रासमा छन् । क्वारेन्टाइनमा उनीसँगै बसेका ६ जनामा कोरोना देखिएको छ । उनी भन्छन्, ‘हामीसँगै अर्को कोठामा बसेका व्यक्तिमा कोरोना भाइरस देखियो । सबैको एउटै शौचालय छ । एउटै हलमा हामी १९ जना कोचिएर बसेका छौं । संक्रमण यहीँबाट बढ्ला जस्तो भयो ।’

Vianet communication

‘प्रतिष्ठानको ३ वटा हलमा गरी ५० जनाभन्दा बढी छन् । तराईको गर्मीमा हलभित्र थुप्रिएर बस्नुपर्दा एउटा पंखाले काम नै गर्दैन । तातोपानी खान हामीले नै एउटा इलेक्ट्रिक भाडो किनेर ल्याएका छौं, त्यसैमा तताएर खान्छौं । अवस्था विस्फोट नै होला जस्तो भयो,’ ज्ञवाली भन्छन् ।

कपिलवस्तुका शिवपुर आदर्श माविको क्वारेन्टाइनमा बसेका नारायण बञ्जाडेको गुनासोलाई पनि कसैले वास्ता गर्दैनन् । हालै भारतबाट आएका उनलाई क्वारेन्टाइनमा एउटै दालको पानी र भात दिन्छन् । खाए खा नखाए मतलब छैन जस्तो व्यवहार देखिएको उनको गुनासो छ । क्वारेन्टाइनमा लामखुट्टेले रातभर सुत्न पनि नदिने बञ्जाडे बताउँछन् ।

यी उदाहरण भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिको पीडा हो । स्थानीय तहले व्यवस्थापन गर्ने भनिएका क्वारेन्टाइन असुरक्षित हुँदा कोरोना संक्रमणको जोखिम झनै बढेको छ । तराईको गर्मी, टिनको छानामुनि बिच्छाइएका म्याटमा सुत्नुपर्ने बाध्यता छ, खाट छैनन् । केही हिँडेर त केही गाडीमा लामो यात्रा गरेर आएका व्यक्ति बिरामी पर्दा अस्पताल पुर्‍याउन समेत समस्या हुने देखिएको छ । 

पाल्पाको रिब्दीकोट गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत ऋषि अर्याल स्रोतसाधन, जनशक्ति र व्यक्तिको संख्याको आधारमा सरकारले तोकेको क्वारेन्टाइन सम्बन्धी मापदण्ड अनुसारको क्वारेन्टाइन बनाउन सम्भव नदेखिएको बताए । ‘विद्यालयका डेक्स–बेन्च जोडेर खाटको रुपमा प्रयोग गरिएको छ । २ पटक खाना र २ पटक खाजाको व्यवस्था छ । निरन्तर निगरानी छ । सुरक्षाका लागि स्वयंसेवक परिचालन गरिएको छ । यहाँ अरु गर्न स्थानीय तहलाई सम्भव छैन,’ अर्यालले भने । रिब्दीकोटका विद्यालयका क्वारेन्टाइनमा ९५ जना बस्दै आएका छन् ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले स्थानीय तहमा पूर्वाधार अभावले क्वारेन्टाइन व्यवस्थित गर्न नसकिएको बताए । स्वाब संकलन गरेर रिपोर्ट आउन पनि कम्तीमा १ हप्ता लाग्ने गरेको छ ।

कपिलवस्तुमा एक स्थानीय तहले १ हजार ६०० जनासम्म व्यक्तिलाई विभिन्न विद्यालयका क्वारेन्टाइनमा राखेका छन् । एउटै कोठमा १० जनाभन्दा बढीलाई राखिएको छ । 

रुपन्देहीमा ८७ वटा क्वारेन्टाइन छन् । जहाँ भारतबाट आएका ३ हजार ५०० भन्दा बढी व्यक्ति बसेका छन् । भारतबाट आउने क्रम रोकिएको छैन । ५ नम्बर प्रदेशमा ३५ हजार व्यक्ति क्वारेन्टाइनमा छन् । 

प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षण गर्ने किटको अभाव भएपछि परीक्षण रोकिएको छ । आरडीटी र भीटीएम किट सकिएको छ । सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले प्रदेशमा क्वारेन्टाइन अवधि पूरा गरेका ५ हजार व्यक्ति रहेका र कुनै लक्षण नदेखिएको बताए । ‘प्रदेशमा अहिले किट छैन । केही दिनमा आउँछ अनि परीक्षणको दायरा बढाउँछौ । संक्रमण नदेखिएकालाई घर पठाउँछौं,’ उनले भने ।

प्रदेशमा १ हजार ३१३ क्वारेन्टाइन छन् । हालसम्म प्रदेशका ३ जिल्ला प्युठान, रोल्पा र रुकुम पूर्वमा कोरोना संक्रमण देखिएको छैन । प्रदेशको सबैभन्दा बढी संक्रमित कपिलवस्तुमै देखिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x