×

NMB BANK
NIC ASIA

उच्चस्तरीय छानबिन समितिले चौरजहारी घटनाको प्रतिवेदन छिट्टै बुझाउने

जेठ १९, २०७७

NTC
Premier Steels

रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका संयोजक जीतेन्द्र बस्नेतले घटनाको सत्यतथ्य छानबिन भइरहेको बताएका छन्। 
उनले समितिले घटनाको सत्यतथ्य छानबिन गरिरहेको र छिट्टै प्रतिवेदन तयार पारी गृह मन्त्रालयलाई बुझाइने पत्रकारलाई बताए।

Muktinath Bank

‘हामीले मृतक पक्ष, सोती गाउँका बासिन्दा, केटीका परिवार तथा आफन्त, अधिकारकर्मी, दुवै जिल्लाका सुरक्षा निकाय, पत्रकारलगायतसंँग भेटी घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौंँ’, उहाँले भन्नुभयो, ‘घटनाको जरोमा पुगेर सत्यतथ्य पत्ता लगाई हाम्रो समितिलाई दिइएको म्याण्डेट र समयअनुसार अध्ययन प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउँछौं।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनाबारे बाहिर आएका र आफूहरुले विभिन्न तवरबाट गरेका छलफलमा आएका कुरालाई पनि सूक्ष्म रुपमा हेरिरहेको संयोजक बस्नेतले बताए। काठमाडौ्ँबाट जाजरकोट पुगेको टोली त्यहाँ अध्ययनअनुसन्धान गरी यहाँ आएको हो। टोलीले घटनास्थल  सोती गाउँमा पुगेर घटनाका बारेमा अनुसन्धान गरेको छ। अनुसन्धानकै क्रममा टोलीले सोमबार जिल्लास्थित पत्रकारसँंग छलफल गरेको हो ।


Advertisment
Nabil box
Kumari

त्यस्तै टोलीले जिल्लास्थित दलित अधिकारकर्मीसँग पनि भेट गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए।।  सोतीमा भएको घटनाको सत्यतथ्य छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव  बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। 

Vianet communication

अन्तरजातीय प्रेमसम्बन्धका कारण भएको भनिएको घटनामा परी जाजरकोटका चार र रुकुम (पश्चिम) का एक गरी पाँच जनाले ज्यान गुमाएका थिए।  जाजरकोटका एक युवक अझै बेपत्ता छन्।  भेरी नगरपालिका– ४ का नवराज विक, सञ्जु विक र  गणेश बुढा तथा भेरी– ११ का लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको शव भेरी नदीमा फेला परेको थियो। भेरी– ११ जाजरकोटका गोविन्द शाही अझै बेपत्ता छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x