×

NMB BANK
NIC ASIA

लकडाउनमा फसेका विद्यार्थीलाई सघाउँदै नेविसंघ नेता रमेश कुँवर

जेठ २०, २०७७

NTC
Premier Steels

कोरोना भाइरस संक्रमणको महामारीसँगै जारी लकडाउनमा परेका अप्ठ्यारोमा परेका विद्यार्थीलाई नेविसंघ नेता रमेश कुँवरले सघाउँदै आएका छन् ।

Muktinath Bank

अछाम जिल्ला स्थायी ठेगाना भई काठमाडौं उपत्यकामा अलपत्र परेका करीब २०० भन्दा बढी विद्यार्थी र मजदुरलाई खाद्यान्न वितरण गरिएको नेता कुँवरले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाजसेवी व्यक्तित्व राजेन्द्र शाहको सहयोगमा नेता कुँवरले समन्वय गर्दै विद्यार्थी र मजदुरलाई राहत वितरण गरिरहेका छन् । ‘समस्यामा परेका विद्यार्थीलाई खाद्यान्न वितरण र नगद राहत दिने तथा अछाम फर्किन चाहनेलाई यातायातको व्यवस्था मिलाइदिन समन्वय गर्ने गरिएको छ,’ कुँवरले भने ।


Advertisment
Nabil box
Kumari

लकडाउन हुनुभन्दा केही दिनअघि नेता कुँवरको काठमाडौंको गौशालास्थित मातृभूमि सेवा आश्रयमका अनाथ बालबालिकालाई माक्स र साबुन समेत वितरण गरेका थिए । लकडाउनपछि कीर्तिपुर, वानेश्वर, लैनचौर, कोटेश्वर, महादेवस्थान, मैतीदेवी, ग्वार्को लगायतका क्षेत्रमा घरदैलोमै पुगेर सहयोग गर्ने गरिएको नेता कुँवरले बताए ।

Vianet communication

कुँवरले विद्यार्थीको डेरामै पुगेर चाबहिल, स्वयम्भू, कीर्तिपुर, वानेश्वर, कोटेश्वर, सिनामंगल, लैनचौर, धापाखेल क्षेत्रमा बस्ने करीब ५० जना विद्यार्थीलाई आर्थिक वितरणमा सहयोग र समन्वय गरेका छन् । काठमाडौंबाट सुदूरपश्चिमका विभिन्न जिल्लामा जान चाहने विद्यार्थीलाई यातायात व्यवस्थापनमा समन्वय गरेर मास्क र स्यानिटाइजर वितरण गर्ने गरिएको कुँवरले बताए ।

‘लकडाउनको विषम परिस्थितिमा समस्यामा परेका विद्यार्थी र मजदुरहरूलाई सहयोग गर्न पाउँदा खुशी छु,’ नेता कुँवरले भने, ‘यो बेला अरुको विरोध मात्रै गरेर बस्नुभन्दा युवाहरूले रचनात्मक र सामाजिक सेवामा लाग्नुपर्छ ।’ विद्यार्थी नेता एवं सामाजिक आध्यात्मिक अभियान्ता कुँवर ललितपुरको पाटन संयुक्त क्याम्पसमा एमएस्सी भौतिक शास्त्र दोस्रो सेमिस्टरमा अध्ययनरत छन् । आगामी दिनमा पनि समस्यामा रहेका विद्यार्थीलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने नेता कुँवरले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x