कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सीमा सुरक्षा हेर्न सशस्त्र प्रहरीमा विशिष्टीकृत गणहरू स्थापना हुने भएको छ । अहिले भएकै दरबन्दीलाई पुनर्संरचना गरी सीमा हेर्न छुट्टै गण स्थापना गर्न लागिएको हो । हाल जिल्लाको सुरक्षासमेत हेर्ने गरी स्थापना भएका गणमातहत बोर्डर आउट पोस्ट (बिओपी) परिचालन हुँदै आएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन छुट्टै गण बनाउन लागिएको हो ।
गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्य नेतृत्वको समितिले सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गरी यससम्बन्धी प्रतिवेदन बुझाएको छ । सो समितिले गत आइतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ब्रिफिङ गरेको थियो । गृहले सशस्त्रको नयाँ ओ एन्ड एम स्वीकृत गर्न मन्त्रिपरिषद् लैजाने तयारी गरेको छ ।
बिओपीको संख्या २२१ पुग्ने
नयाँ संरचनाअनुसार अब सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपीको संंख्या दुई सय २१ पुग्नेछ । हाल एक सय २३ छ । गत २६ मंसिरकै मन्त्रिपरिषद्को बैठकले एक सय १४ वटा बिओपी थप्ने नीतिगत निर्णय गरिसके पनि कार्यान्वयन भएको थिएन । नयाँ व्यवस्थाअनुसार सशस्त्र प्रहरीमा रहेका ३९ वटा भन्सार तथा औद्योगिक सुरक्षा गुल्म खारेज हुनेछ । त्यहाँका चार हजार ६ सय ४० जनशक्तिलाई सीमा सुरक्षामा खटाइन लागिएको छ । त्यसका लागि एसपीको कमान्ड रहने नयाँ गणहरू स्थापना हुनेछन् । ‘एउटा गणले करिब १५ वटा बिओपी हेर्नेछ,’ ओ एन्ड एम समितिमा रहेका गृह मन्त्रालयका एक अधिकारीले भने, ‘यसबाट सीमा सुरक्षा थप प्रभावकारी हुने हाम्रो मूल्यांकन छ ।’
यही आर्थिक वर्षभित्र एक सय १४ वटा नयाँ बिओपी स्थापना गर्ने निर्णय सरकारले गरेको थियो । तर, यो वर्षभित्रै स्थापना हुने सम्भावना कम छ । भवन निर्माणलगायत कामलाई सरकारबाट थप बजेटसमेत आवश्यक हुन्छ । सरकारबाट निर्णय भएलगत्तै नयाँ बिओपीहरू सीमा क्षेत्रमा स्थापना हुने सशस्त्र प्रहरीका महानिरीक्षक शैलैन्द्र खनालले बताए । पछिल्लो सीमा विवादपछि गृह मन्त्रालयले भारतसँगको सीमामा बिओपीको संख्या पाँच सय पुर्याउने योजना अघि बढाएको छ । त्यसका लागि नौ हजार थप जनशक्ति आवश्यक हुने सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीलाई धेरैतिर जिम्मेवारी दिइएका कारण कुनै पनि क्षेत्रमा राम्रो हुन नसकेको भनेर आलोचना भइरहेको छ । सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सशस्त्रको करिब पाँच हजार जनशक्ति मात्र सीमा सुरक्षामा खटिएको छ । जसअनुसार ३५ जना जनशक्ति हुने एउटा बिओपीले करिब १५ किलोमिटर सीमा हेर्नुपर्ने हुन्छ । अर्काेतर्फ आधारभूत सुविधासमेत उनीहरूलाई दिइएको छैन । सीमा सुरक्षामा अब प्रविधिको धेरै प्रयोग गर्नुपर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी दुर्गा कुँवर बताउँछन् । अर्काेतर्फ सीमा क्षेत्रमा भारतको पाँच सय ३० वटा बिओपी छन् । सीमा सुरक्षा मात्र नभई सीमापार अपराध तथा चोरी तस्करी नियन्त्रण पनि प्रभावकारी हुने सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन् ।
तत्काल दरबन्दी थप नहुने
सीमामा बिओपीको संख्या पाँच सय पुर्याउन सशस्त्र प्रहरी बलले नयाँ पाँच हजार दरबन्दी थप गर्न प्रस्ताव गरे पनि तत्काल त्यो सम्भव नभएको गृह मन्त्रालयले जनाएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो असर गर्ने भएकाले दरबन्दी थप्न सक्ने अवस्थामा सरकार छैन । नयाँ पत्रिकामा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...