×

NMB BANK
NIC ASIA

प्रदेश सभाका ५ जना मर्यादापालकमा कोरोना पुष्टि भएपछि सांसदमा त्रास, बैठक स्थगित

जेठ २२, २०७७

NTC
Premier Steels

२ नम्बर प्रदेशको प्रदेश सभामा कार्यरत ५ जना मर्यादापालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले मर्यादापालकमा कोरोना देखिएको पुष्टि गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जेठ १५ गते प्रदेश सभामा कार्यरत रहेका मर्यादापालकको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा ५ जनाको कोरोना पोजेटिभ आएको छ,’ डीएसपी कार्कीले भने, ‘उहाँहरू सबै जना प्रदेश सभामा नै डुयुटी गर्नुहुन्थ्यो ।’


Advertisment
Nabil box
Kumari

मर्यादापालकमा कोरोना देखिएपछि बिहीवार बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले बताए । ‘बिहीवार १ बजे बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरेका छौं,’ सचिव यादवले भने, ‘अब भोलि शुक्रवार १ बजे बोलाउने बैठकलाई के गर्ने भन्ने निर्णय गर्न सभामुखज्यूले बैठक डाक्नुभएको छ ।’

Vianet communication

बुधवार मात्रै प्रदेशसभा बैठक बसेको थियो । संक्रमित मर्यादापालक बुधवारको बैठकमा पनि उपस्थित भएका थिए । ५ जना मर्यादापालकमा कोरोना पाइएपछि सांसद, सचिवालयका कर्मचारी, अन्य मर्यादापालकसहित सुरक्षाकर्मीमा त्रास बढेको छ । 

धनुषाका ९ जना प्रहरीमा कोरोना

यससँगै धनुषा जिल्लामा ९ जना प्रहरीमा कोरोना संक्रमण पाइएको छ । डीएसपी कार्कीका अनुसार यसअघि धनुषा जिल्ला अदालतको १ नम्बर इजलाशका न्यायाधीशको व्यक्तिगत सुरक्षा गार्डका रुपमा खटिएका पीएसओमा समेत कोरोना पोजेटिभ देखिएको थियो ।

अदालतका न्यायाधीश घर बिदामा गएका कारण उनलाई त्यहाँबाट झिकाएर गोपाल धर्मशालामा सञ्चालित क्वारेन्टीनमा खटाइएको थियो । क्वारेन्टीनमा नै उनी संक्रमित भएको डीएसपी कार्कीले बताए । 

धनुषाको नगराइन नगरपालिकाको गंगुलीस्थित प्रादेशिक क्वारेन्टीनमा खटिएका इलाका प्रहरी कार्यालय फुलगामाका २ जना प्रहरीमा कोरोना पोजेटिभ पाइएको थियो । जनकपुरको हनुमाननगर चौकीमा कार्यरत रहेका १ जना प्रहरीमा समेत कोरोना पाइएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x