×

NMB BANK
NIC ASIA

विदेशबाट ल्याइएकालाई होल्डिङ सेन्टरमा राखिने, सात प्रदेशका सात ठाउँमा होल्डिङ सेन्टर

जेठ २३, २०७७

NTC
Premier Steels

हवाई उडानमार्फत नेपाल ल्याउन लागिएका नागरिकलाई केही समय राख्ने र चेकजाँच गर्ने प्रयोजनका लागि सरकारले प्रदेशअनुसार सात स्थानमा होल्डिङ सेन्टर बनाउने भएको छ । यसका लागि स्थान र पार्टी प्यालेससमेत छनोट भइसकेको छ । 

Muktinath Bank

सरकारले काठमाडांैमा तीन प्रदेशबाट बिदेसिएका नागरिकलाई राख्न ललितपुर र भक्तपुरमा दुई–दुईवटा प्रदेशका नागरिकलाई होल्डिङ सेन्टर राख्ने तयारी गरेको हो ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंमा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का लागि होल्डिङ सेन्टर बन्नेछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथमा तीनवटा मुख्य र एउटा वैकल्पिक स्थान छनोट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनका अनुसार सुकेधारा, चप्पल कारखाना, धुम्बाराहीमा सेन्टर स्थापना गरिनेछ । बसुन्धारालाई भने वैकल्पिकमा राखिनेछ । 


Advertisment
Nabil box
Kumari

दाहालका अनुसार सुकेधारास्थित मिराकल पार्टी प्यालेस, चप्पल कारखानास्थित कुण्डलिनी पार्टी प्यालेस र धुम्बाराहीस्थित स्काइप पार्टी प्यालेसलाई सेन्टर बनाइनेछ । बसुन्धारामा भने यती पार्टी प्यालेसलाई सेन्टर बनाइनेछ । प्रत्येक पार्टी प्यालेसमा एकपटकमा ४ सय नागरिक बस्न सक्नेछन् । 

Vianet communication

विदेशबाट हवाई उडानमा आएका नागरिकलाई नेपाली सेना, ट्राफिक महाशाखा, यातायात व्यवस्था विभागको समन्वयमा होल्डिङ सेन्टरमा पु¥याइनेछ । सेन्टरमा नागरिकले पानी पिउने, शौच गर्ने र केही समय आराम पाउनेछन् । त्यस्तै, टेलिकमले नागरिकहरूलाई निःशुल्क सिमकार्डसमेत वितरण गर्नेछ । सेन्टरमा उनीहरूले आफ्नो विवरणसमेत भर्नेछन् । 

ललितपुर र भक्तपुरमा होल्डिङ सेन्टर छनोट   

होल्डिङ सेन्टरका लागि ललितपुर जिल्लाले सात र भक्तपुर जिल्लाले दुईवटा पार्टी प्यालेसको छनोट गरेको छ । ललितपुर जिल्लाले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकका लागि सेन्टर निर्माण गर्ने जिम्मा पाएको छ भने भक्तपुर जिल्लाले प्रदेश नम्बर १ र २ का नागरिकको जिम्मा पाएको छ । 

ललितपुरले पार्टी प्यालेसलाई सेन्टरका लागि छनोट गरिएको प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा ७ प्यार्टी प्यालेस छन् । आवश्यकताअनुसार पार्टी प्यालेसको प्रयोग गरिनेछ । प्रत्येक पार्टी प्यालेसको क्षमता ३ सयभन्दा बढी छ । 
त्यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि आन्तरिक तयारी थालेको छ । कार्यालयले भक्तपुरस्थित हेरिटेज र इम्पेरियल पार्टी प्यालेसको छनोट गरेको छ । 

काठमाडौंका तीन स्थानमा क्वारेन्टाइन बनाइने

काठमाडांैका तीन स्थानमा क्वारेन्टाइन निर्माण गरिनेछ । विदेशबाट आएका नागरिकका लागि खरिपाटीको इचंगु आवास क्षेत्र, दहचोकस्थित मनमोहन अस्पताल र केएमसी दुवाकोट र बोडेमा क्यारेन्टाइन तयारी गरिने काठमाडौं प्रजिअ दाहालले जानकारी दिए ।

यसको जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिएको छ । मन्त्रालयलाई अर्थ मन्त्रालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले सहयोग गर्नेछ । क्वारेन्टाइन १० दिनभित्रमा तयार गरिनेछ ।   

क्वारेन्टाइनमा लजिस्टिक सपोर्ट (बेड, बिछ्यौना, भाँडाबर्तन, पानी, बिजुली, भान्साघर, शौचालय आदि)को तत्काल व्यवस्थापन गर्नुपर्नेछ । यसको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।

स्थानीय तहलाई सहरी विकास मन्त्रालय र प्रदेश सरकारले सहयोग गर्नेछन् । स्थानीय सरकारले पनि आवश्यकताअनुसार आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन बनाउनुपर्नेछ । स्थानीय तहलाई क्वारेन्टाइनको बन्दोबस्ती र क्वारेन्टाइनमा रहँदाको खाना खर्चबापत प्रतिदिन प्रतिव्यक्ति १ सय ७५ रुपैयाँका दरले १४ दिनका लागि हुने खर्चबापत रकम अर्थ मन्त्रालयले उपलब्ध गराउनेछ । मन्त्रालयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूले सहयोग गर्नेछन् । 

छिमेकी जिल्लालगायत भारतबाट आउनेका लागि दुईवटा क्वारेन्टाइन

काठमाडौं जिल्ला प्रशासन कार्यालयले छिमेकी जिल्ला तथा भारतबाट नेपाल भित्रिने नागरिकका लागि दुई स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ ।

कार्यालयका अनुसार कीर्तिपुर र सामाखुसीस्थित राधा स्वामी सन्तव्यासलाई क्वारेन्टाइन बनाइएको छ । कीर्तिपुरस्थित सन्तव्यास २ सय क्षमताको छ । सामाखुसीको ४ सय क्षमताको छ । 

होटेलको सूची संकलन गरिँदै

विदेशबाट आएका शुल्क भुक्तानी गरी क्वारेन्टाइनमा बस्ने चाहने नागरिकका लागि होटेलको सूची संकलन भइरहेको छ । कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको यसको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

प्रजिअ दाहालका अनुसार होटेल पायक पर्ने स्थान, सुरक्षा र मूल्यका आधारमा होटेल छनोट गर्ने गृहकार्य भइरहेको बताए । कार्यालयले नगरकोट, गोदावरीजस्ता क्षेत्रमा क्लस्टर बनाएर होटेल छनोट गर्नुपर्ने बताएको छ ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x