सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनीपछि रुकुम घटनामा संसदीय विशेष समिति गठन

प्रतिनिधि सभाले पश्चिम रुकुमको चौरजहारीमा ६ जना युवाको हत्याको घटना छानबिनका लागि संसदीय विशेष समिति गठन गर्ने भएको छ ।

रुकुम घटनालाई लिएर कांग्रेसले सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख अग्नि सापकोटाले चौरजहारी सोतीमा भएको घटना सम्बन्धमा सर्वदलीय समिति गठन गर्ने घोषणा गरेका हुन् । 


Advertisement

त्यसअघि शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले पश्चिम रुकुम घटनामा संसदीय समिति गठन नगरिए सदन अवरुद्ध गर्न बाध्य हुने चेतावनी दिएकी थिइन् । रुकुम घटनाको विषयलाई लिएर यसअघिका बैठकमा पनि कुरा उठेकोमा सदनको ध्यानाकर्षण भएको भन्दै सभामुखले संसदीय विशेष समिति बनाउने घोषणा गरे ।

‘गृहमन्त्रीले जानकारी दिँदै गर्दा गृहमन्त्रीको अभिव्यक्ति शंकास्पद भयो, नवराज विक लगायतले खोलामा हाम्फालेको भन्नुभयो,’ भुसालले भनिन्, ‘यो घटना मृत्यु भएको होइन, सामूहिक नरसंहार भएको छ । हत्या गरिएको पोस्टमार्टमको रिपोर्टले हत्या भएको देखाएको छ । गृहमन्त्रीको बयानलाई पोस्टमार्टम रिपोर्टले खण्डन गरेको छ ।’


Advertisement

सांसद भुसालले घटनालाई राजनीतिकरण गर्नको लागि गृहमन्त्रीबाट हल्का बनाउने किसिमले अभिव्यक्ति आएपछि आफूहरू सशंकित भएको बताइन् । ‘रुकुमको चौरजहारी घटनालाई निर्मला पन्तको घटना जस्तै बनाउन लागेको आरोप छ । अपराध मात्र नभई मानवता विरुद्धको गम्भीर अपराध भएको छ । यसका लागि संसदीय समिति गठन गर्नुपर्छ,’ उनले भनिन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्