×

NMB BANK
NIC ASIA

स्वस्थ्य खाद्यान्न र सन्तुलित आहारले बढाउँछ कोभिड– १९ विरुद्ध प्रतिरोध क्षमता

जेठ २४, २०७७

NTC
Premier Steels

कोभिड– १९ बाट सिर्जित जोखिमका बीच आइतबार विश्व खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छता :हामी सबैको प्रतिबद्धता’ मूल नाराका साथ मनाइँदैछ ।
  
उक्त दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रमका सहभागी विज्ञले कोभिड–१९ को सङ्क्रमणको जोखिमबाट बच्न सुरक्षित र गुणस्तरीय भान्साका आवश्यक सरुक्षाका आवश्यक उपाय अपनाउन सुझाव दिए । खाद्यान्नबाट मानिसमा उक्त रोगको सङ्क्रमण भएको हालसम्म कुनै प्रमाण नभेटिएको उल्लेख गर्दै वक्ताले लकडाउन खुकुलो भएको अवस्थामा उपभोक्ता र बिक्रेताले अझ बढी सजग र सतर्क हुन आवश्यक रहेको धारणा राखे ।
 
त्रिभुवन विश्वविद्यालयका प्रा डा गङ्गा खरेलले खाद्य पदार्थमा स्वच्छता कायम गर्न नसकिएको खण्डमा गरिब र निमुखा जनता नै त्यसको मारमा पर्ने बताए । खाद्य स्वच्छता सङ्क्रमण फैलिने र नफैलिन दुवै रोगका लागि महत्वपूर्ण रहेको जानकारी दिँदै प्राध्यपक खरेलले सबैखाले स्वास्थ्य खाद्यान्न र फलफूलको सन्तुलित आहारले कोभिड– १९ सँग प्रतिरोध गर्ने क्षमता विकास गर्ने जानकारी दिए । 
 
उनले भने, “कोभिड १९ होस् वा नहोस् मानिस बच्ने सबैभन्दा ठूलो औषधि खाना हो, खाद्यान्नकै कारण मानिसलाई २०० थरी रोग लाग्छ, १० जना मानिसमध्ये एक जना खाद्यान्नकै कारण बिरामी हुन्छन्, त्यसकारण अहिले रोगसँग डराउने होइन, सजग र सावधानी अपनाउने हो ।” भूकम्पले हाम्रा गाउँघरमा नयाँ घर दिएजस्तै कोभिडले पनि विश्वको स्वास्थ्य क्षेत्रमा रुपन्तरण ल्याउने विश्वास व्यक्त गर्दै प्रा डा खरेल भन्छन्, “कोभिडबाट बच्चका लागि प्रतिरोध क्षमता विकासका लागि शारीरिक व्यायम गर्न, सन्तुलित आहार, मनमस्तिष्कलाई शान्त राख्न, बसाइ सकारात्मक सोच र शान्त वातावरण बनाउन आवश्यक हुन्छ ।”
 
विभागका वरिष्ठ विशेषज्ञ भीमप्रसाद पुलामीले भने, “तरकारीलगायतका खाद्यवस्तु बजारहुँदै भान्सासम्म कसरी सुरक्षित तुल्याउने भन्नेमा क्रेता र बिक्रेता सावधानी अपनाउनुपर्छ, यद्यपि तरकारी वा खाद्यान्नबाट कोभिडको सङ्क्रमण फैलिएको कुनै प्रमाण हालसम्म भेटिएको छैन ।”
 
उनले भने, “ऋतु, काल, समय, स्थान विशेष र शरीरिक प्रकृतिअनुसार हितकारी, प्राकृतिक सन्तुलित रोगनाशक खानपान हुनुपर्छ, खानेकुरा मात्र, रुचि एवं मनोभावनाअनुरुपको सन्तुलनयुक्त हुनुपर्छ ।” प्राकृतिक पदार्थमध्ये अन्न सबैभन्दा उत्पादन भएको हुनाले त्यही अन्न सबैका लागि औषधि भएको पौराणिक ग्रन्थमा समेत उल्लेख भएको बताउँदै वक्ताले त्यही अन्नलाई ठीक ढङ्गले प्रयोग गर्न नसक्दा मानिसलाई रोगी तुल्याउँदै आएको धारणा व्यक्त गरे ।
 
खाना तयार गर्न अघि पकाउने व्यक्तिले सरसफाइमा ध्यान दिने तथा खाना तयार गर्ने स्थान, भाडावर्तन र प्रयोगमा आउने अन्य सामग्री सफा गर्न सुझाव दिँदै विभागले खाना तयार गर्दा राम्रोसँग पकाउन, काँचो र पकाएको खानेकुरा अलगअलग एकआपसमा सम्पर्कमा नआउने गरी सुरक्षित तापक्रममा भण्डारण गर्न आम नागरिकलाई सल्लाह दिएको छ । नेपालमा भने विगत १२ वर्षदेखि यो दिवस मनाउँदै आएका छौँ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x