मंसिर ५, २०८०
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
जेठ ३०, २०७७
कैलालीको कैलारी गाउँपालिका–७ मा ५ वर्ष लगाएर बनेको एक सरकारी भवन हस्तान्तरण नहुँदै भत्किन थालेको छ ।
साविक रतनपुर गाविस कार्यालयका लागि पटक–पटक म्याद थप गरेर बनाइएको सभा हल, प्रशासन कक्ष, पदाधिकारी कक्ष, अट्याच बाथरुम सहितको नयाँ भवन प्रयोगमा नआउँँदै ठाउँठाउँमा चिरा परेको छ । भवनको पिल्लर समेत भाँसिएर भत्किन थालेको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा साविक रतनपुर गाविस कार्यालयको लागि निर्मित भवन निर्माणमा प्रयोग भएको कमसल सामग्री र कमजोर इस्टिमेटले गर्दा गुणस्तरहीन बनेको गुनासो गरिएको छ । हस्तान्तरण हुन नपाउँदै भत्किन थालेपछि भवन निर्माणमा आर्थिक अनियमिता भएको आशंका छ ।
कैलारी गाउँपालिकाबाट प्राप्त जानकारी अनुसार साविक रतनपुर गाविस कार्यालयको लागि साविक जिल्ला प्राविधिक कार्यालय तथा जिल्ला विकास समिति र काफली कन्ट्रक्सन अमरगढी नगरपालिका–५ डडेल्धुराबीच भवन निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । २०७२ असार २७ गते ३१ लाख १५ हजार १६ रुपैयाँमा १ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौना भएको हो तर भवन पटक–पटक म्याद थप गरेर बनाइएको छ । अन्तिम पटक २०७६ जेठ मसान्त पनि म्याद थप गरेको पाइएको छ ।
संघीयता कार्यान्वयनसँगै जिल्ला प्राविधिक कार्यालय कैलाली खारेज भएपछि जिल्ला प्राविधिक कार्यालय कैलालीबाट भवनको दायित्व सहितको स्वामित्व हस्तान्तरण भएको कैलारी गाउँपालिकाले २०७५ असोज ५ गतेदेखि २०७६ जेठ मसान्त पनि म्याद थप गरेको पाइएको छ तर थपिएको म्याद सकिएको १ वर्षसम्म पनि भवन अलपत्र नै रहेको छ ।
महाभारतको लक्षगृह जस्तै छ नयाँ भवन !
भवनको स्वामित्व सहितको दायित्व गाउँपालिकालाई हस्तान्तरण भएपछि सो भवनमा वडा नम्बर ७ को वडा कार्यालय स्थापना गर्ने गाउँपालिकाको योजना छ तर निर्माण भएको भवन कामै नलाग्ने बनेपछि वडा कार्यालय लामो समयदेखि १ कोठे कच्ची टहरामा सञ्चालन हुँदै आएको छ ।
महाभारत कथामा सकुनीको षड्यन्त्रमा दुर्योधनले पाण्डवहरूलाई मार्न बनाएको ‘लक्षगृह’को प्रसङ्ग कोट्याउँदै वडा नम्बर ७ का वडाध्यक्ष कमलप्रसाद चौधरी दुःखेसो पोख्छन्, ‘यो भवन साँच्चिकै महाभारत कथाको लक्षगृह जस्तै छ । त्यो बेला त पाण्डवहरू भवनमा आगो लागेपछि भित्रभित्रै सुरुङ खनेर निस्के र बाँचे तर हामी त पाण्डव पनि होइनौं । जान्दाजान्दै किन मर्नलाई त्यो भवनभित्र कार्यालय सार्ने ? हामीलाई यहीँ झुपडी प्यारो छ ।’
बाहिरबाट चिटिक्क देखिने भवन भित्रभित्रै पासो जस्तै बनेको वडाध्यक्ष चौधरीको बुझाइ छ । भवन कुनै पनि बेला आत्मघाती बन्न सक्ने बताउँदै वडाध्यक्ष चौधरीले सम्बन्धित सरोकारवाला निकायमा पटक–पटक आवाज उठाउँदा समेत कुनै सुनुवाइ नभएको दुःखेसो सुनाए । उनले भवन निर्माणमा संलग्न सबै पक्षलाई कानूनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।
निर्माण सम्पन्न नहुँदै सरकारी भवन भत्किन थालेपछि गाउँपालिकाले मर्मत सम्भारको लागि निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । गाउँपालिकाले २०७६ वैशाख ११ गते निर्माण कम्पनीलाई पत्राचार गर्दै ठाउँठाउँमा पेन्ट उप्केको, ह्यान्ड र्यालिङ हल्लिएको तथा वेल्डिङ नगरेको, सनिटरी फिटिङ नलगाएको पाइएकाले ७ दिनभित्र मर्मत सम्पन्न गर्न भनेको थियो । पत्राचारमा भनिए बमोजिम नगरे कम्पनीको ‘पर्फर्मेन्स बोन्ड’ जफत गर्ने चेतावनी दिएको थियो ।
गाउँपालिकाको २०७६ साउन ३० गतेको कार्यपालिका निर्णय अनुसार निर्माणमा संलग्न जनशक्ति र निर्माण कम्पनीलाई कारवाहीको लागि प्रक्रिया थाल्ने भनिएको थियो तर हालसम्म कुनै कारवाही नगरिँदा निर्माणमा संलग्न साविक जिल्ला विकास समितिको प्राविधिक र निर्माण कम्पनी चोखिँदै आएका छन् ।
गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले निर्माण कम्पनीले काम सम्पन्न भई हस्तान्तरण गर्न खोजेको तर उसको काम गुणस्तरहीन देखिएपछि भवन हालसम्म हस्तान्तरण नभएको बताए । ‘हाम्रो प्राविधिक टोलीले अनुगमन गर्दा सो भवन कमसल देखिएको छ । जुनबेला पनि भत्किन सक्छ । प्राविधिकले औंल्याए अनुसार हामीले मर्मत गर्न ठेकेदारलाई भनेका छौं । मर्मत गर्छु भनेर गएको ठेकेदार हालसम्म सम्पर्कविहीन छ । हामीले हस्तान्तरण लिएका छैनौं । अब चाँडै त्यो भवनको डिजाइन तथा इस्टिमेट तयार गर्ने इन्जिनीयर र ठेकेदारविरुद्ध कानूनी प्रक्रियामा जान्छौं ।’
टहराभित्र वडा कार्यालय
१० वर्षे सशस्त्र जनयुुद्ध अन्त्य भएर मुलुक शान्ति प्रक्रियामा आएपछि विस्थापित भएका गाविस कार्यालयहरू पुनःस्थापित भए । कैलालीको साविक रतनपुर गाविस कार्यालय पनि पुनःस्थापना भयो । भएको भवन द्वन्द्वकालमा तत्कालीन माओवादीले ध्वस्त पारेपछि पुनःस्थापना भएको गाविस कार्यालय स्थानीयले बनाइदिएको एक कोठे कच्ची टिनको छानो र सानो टहरामा सञ्चालनमा आयो ।
सोही पुनःस्थापित साविक रतनपुर गाविस कार्यालयका लागि नवनिर्मित भवन वडा कार्यालयलाई हस्तान्तरण हुन नपाउँदै जीर्ण बनेपछि समस्या सिर्जना भएको छ । नजिकै रहेको वडा कार्यालय टहरामा सञ्चालन भइरहेको छ । टहरामा एउटै सानो कोठाभित्रै कुर्सी राखेर वडाध्यक्ष तथा पदाधिकारी, वडा सचिवको कक्ष, प्रशासनिक कक्ष र भण्डारण कक्ष बनाइएको छ ।
व्यंग्य गर्दै वडा अध्यक्ष भन्छन्, ‘असली संघीयताको अभ्यास हामी कहाँ नै छ । सेवाग्राहीहरू एउटै छानोभित्र, त्यो पनि एउटै कोठाभित्र यहाँबाट उपलब्ध हुने सबै सेवा पाउँछन् । पदाधिकारीदेखि कर्मचारीलाई एकसाथ भेट्न पाउँछन् ।’
‘उहिले भत्कायौं, अहिले आफैं समस्यामा’
स्मरणरहोस्, सशस्त्र द्वन्द्वकालमा गाविस कार्यालय भवनलगायत भौतिक संरचना भत्काउने अभियान चलाउनेहरूले हाल शासन सत्ताको बागडोर सम्मालेका छन् । गाविस भवन भत्काउनेमा हालका वडा अध्यक्षदेखि देशका प्रधानमन्त्री भइसकेका व्यक्ति समेत तत्कालीन माओवादीका नेताहरू नै छन् ।
ठट्यौलीपारामा वडाध्यक्ष चौधरी भन्छन्, ‘उहिले भएको संरचना आफैं भत्कायौं, हाल आफैं समस्यामा परियो । भवन देख्दादेख्दै टहरामा छौं ।’
(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...