×

NIC ASIA

कोरोना भाइरस संक्रमण महामारीको कारण अमेरिका, ब्राजिल, बेलायत, स्पेन लगायतका देशमा ५ मईसम्म ६४ जना पत्रकारको मृत्यु भएको छ भने हजारौं पत्रकार गम्भीर रुपमा संक्रमित भएका छन् ।

Muktinath Bank

छिमेकी देश भारतमा सयौं पत्रकार संक्रमित भएका समाचार आइरहेको छ । नेपालमा पनि केही पत्रकार संक्रमित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्यकर्मीजस्तै सञ्चारकर्मी पनि जोखिम वर्गमा पर्छन् । स्थलगत रिपोर्टिङदेखि नजिकको दूरीमा रहेर अन्तर्वार्ता लिनुपर्दा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ । संक्रमणबाट आफू बच्न, अन्य व्यक्तिलाई संक्रमण नसार्न तथा घरमा संक्रमण बोकेर नजानको लागि अत्यन्तै सतर्क रहेर आफ्नो काम गर्नु जरुरी छ ।


Advertisment
Nabil box
Kumari

कोरोना रोकथामका ४ मन्त्र पत्रकारले पनि अवलम्बन गर्नुपर्दछ । बाहिर निस्कँदा सही तरिकाले सधै मास्क, चस्मा तथा पञ्जा लगाउने, हरेक अवस्थामा ६ फिटको भौतिक दूरी कायम गर्ने, सकभर भीडभाडमा नजाने तथा नियमित रुपमा हात धुने बानीलाई जीवनशैलीको अंग बनाउनु जरुरी छ ।

Vianet communication

मिडिया हाउसको सवारीसाधन अत्यन्त व्यस्त हुने तथा धेरैले प्रयोग गर्ने भएकाले प्रत्येक पटक गाडीलाई साबुनपानी, क्लोरिन पानी, सोडियम हाइपोक्लोराइड वा ७०% अल्कोहल कन्टेन्ट निर्मलीकरण गर्ने पदार्थले सफा गर्नुपर्दछ । प्रयोग गर्नुपूर्व र प्रयोग गरेपछि माइक्रोफोन, मोबाइल फोन, क्यामेरा, कलम, कि रिङ, घडी, ब्याग आदिलाई उल्लेखित स्यानिटाइजरले सफा गरेर सफा टाबेलले धुनु पर्दछ ।

रेलिङ, शौचालयको ह्याण्डील, चुकुल तथा अन्य ठाउँमा छुँदा त्यसलाई सफा गर्ने एवं प्रयोग गरेपछि साबुनपानीले हातधुने बानी बसाल्नुपर्छ । जहाँ पायो त्यहीँ नछुने, आँखा, नाक र मुखमा हात लैजाने बानी हटाउने एवं हरेक स्टाफलाई सुरक्षा सतर्कता पालन गराउने अभ्यास गर्नुपर्छ । १ जनाले मात्र लापरवाही गरेमा धेरैलाई संक्रमणको जोखिम हुने भएकाले सबै स्टाफको सुरक्षामा ध्यान दिनु जरुरी छ ।

अन्तर्वार्ता तथा रिपोर्टिङ गर्दा आफू र आफ्ना सामान ६ फीटको दूरीमा राखेर कुरा गर्नुपर्छ । 

शंकास्पद ठाउँमा आफ्नो ब्याग, क्यामेरा, क्यामेराको स्ट्याण्ड भुइँमा नराखेर आफैंले भिर्नु उपयुक्त हुन्छ । बस्ने बेलामा कम्तिमा बीचमा २ सिट खाली राखेर बस्दा भौतिक दूरी कायम हुन्छ । अन्तर्वार्ता वा फिल्ड रिपोर्टिङको लागि बढीमा २ जना मात्र जाने अभ्यास गर्नु सुरक्षित हुन्छ । आफ्नो खल्तीमा ह्याण्ड स्यानिटाइजर राखेर हातलाई र आफ्ना साधनलाई पटक–पटक सफा गर्नु जरुरी छ ।

रुघा, खोकी, ज्वरो लगायतका कुनै पनि समस्या देखिएमा घरमा आराम गर्नुपर्दछ । कहिल्यै पनि भोको पेटमा रिपोर्टिङ गर्न जानु हुँदैन । पोषिलो खाना खाने, पटक–पटक प्रशस्त पानी पिउने, समयमा खाजा खाने, आराम गर्ने, बाहिर एक्स्पोज भएका कपडा दैनिक धुने तथा घर पुगेपछि आफ्ना सामान र कपडा धोएर, नुहाएर मात्र परिवारजनलाई भेट््नु सुरक्षित हुन्छ ।

धेरैजसो सञ्चारकर्मीको ढिलो सुत्ने बानी हुन्छ । स्वस्थ रहन तथा रोगसँग लड्ने क्षमता बढाउनको लागि रातिमा ८–९ घण्टा सुत्नु आवश्यक हुन्छ ।

आफूले कुराकानी गर्ने व्यक्तिलाई रुघाखोकी वा ज्वरो छ भने वैकल्पिक व्यक्ति खोज्नु वाञ्छनीय हुन्छ । सकभर कुराकानी गर्दा चर्काे बोल्ने कामलाई प्रश्रय दिनु हुँदैन । जोडले बोल्दा संक्रमितको मुखबाट भाइरसको लोड धेरै बाहिर आउने सम्भावना हुन्छ । आफ्नो कार्यालय तथा कुराकानी गर्ने ठाउँमा झ्यालढोका खुला राखेर भेन्टिलेसनको पर्याप्त व्यवस्था गर्नुपर्छ । बन्द कोठामा भाइरस लामो समय रहन्छ । कार्यकक्षको भुइँ, टेबुल, कुर्सी, कम्प्युटर आदिलाई दिनको २ पटक राम्रोसँग सफा गरेर संक्रमणरहित बनाउनु पर्दछ ।

अहिलेको डिजिटल दुनियाँमा सकभर प्रत्यक्ष भेट्नुभन्दा भर्चुअल कुराकारी गर्नु सुरक्षित हुन्छ । सरकार वा अन्य निकायले प्रेस सम्मेलन गर्दा डिजिटल प्रविधि अपनाउने तथा पत्रकारले पनि डिजिटल माध्यमबाट प्रश्न सोध्ने व्यवस्था गर्नुपर्दछ । स्थलगत रिपोर्टिङ पनि प्रबिधिबाट गर्नु सुरक्षित हुन्छ ।

घरमा ज्येष्ठ नागरिक, दीर्घबिरामी, गर्भवती तथा सुत्केरी भएमा उहाँहरूसँग ६ फीटको भौतिक दूरी कायम गर्नुपर्छ । कोरोना संक्रमण लक्षणविहीन हुनसक्ने तथा लक्षण देखिनुपूर्व अरुलाई सार्ने सम्भावना धेरै भएकाले सधै सजगता अपनाउनुपर्दछ ।

न्यूज ब्रेक गर्नको लागि भीडभाड गर्ने काम गर्नु हुँदैन । यो महामारीको समयमा सूचना तथा समाचारका द्वितीय स्रोतको अधिक प्रयोग गर्नु उपयुक्त हुन्छ ।

कोरोना संक्रमणको कारण भएको आर्थिक हानी, सीमित कमाइ, परिवार पाल्नुपर्ने दायित्व तथा सधै पीडायुक्त समाचारमा व्यस्त रहँदा चिन्ता, तनाव, असुरक्षाबोध हुँदै डिप्रेसन हुनसक्छ । यो अवस्था रोकथाम गर्नको लागि सधै सकारात्मक सोच्ने, वास्तविकतालाई आत्मसात गर्ने, तनाव न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्ने तथा भविष्यप्रति आशावादी हुनुपर्दछ । स्वस्थ तन, प्रशन्न मन तथा दह्रो आत्मबल हाम्रो जीवनका सञ्जीवनी बुटी हुन् ।

नबिर्साै, सञ्चारकर्मीले समाचार बनाउने हो तर आफैं समाचार बन्ने होइन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x