×

NMB BANK
NIC ASIA

कोभिड- १९ महाव्याधि बढिरहेका बेला कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

असार २, २०७७

NTC
Premier Steels

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

Muktinath Bank

जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ  नेतृत्वको टोलीले आज बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय गई प्रमुख जिल्ला अधिकारीलाई चार बुँदे माग राखी ज्ञापनपत्र बुझाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त ज्ञापनपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुलभ व्यवस्था गरी फर्किने वातावरण बनाउनुपर्ने, शारीरिक अशक्तता भएका, एकल महिला र गर्भवतीका लागि राहतको कार्यक्रम ल्याउनुपर्ने, अविलम्ब क्वारेन्टिनको अवस्थामा सुधार गर्नुपर्ने, स्वास्थ्य सेवा एवं पीसीआर सेवा बढाउनुपर्ने र जोखिमको अग्रभागमा काम गर्दै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका लागि सरकारले प्रतिव्यक्ति एक करोडको बीमा गर्नुपर्ने माग गरिएको छ ।


Advertisment
Nabil box
Kumari

साथै काठमाडौंमा कोरोना भाइरस रोकथामका लागि अझ प्रभावकारी काम गर्नुपर्ने, राहतलाई न्यायपूर्ण ढंगबाट बाँड्नुपर्ने, शैक्षिक संस्था, होटल व्यवसाय, औद्योगीक क्षेत्रलगायत सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानका लागि विशेष कार्यक्रमका साथै  कोरोना संक्रमित र अन्य दीर्घरोगीका लागि स्वास्थ्योपचारको उचित व्यवस्था गर्न माग गरिएको छ । 

Vianet communication

सभापति बानियाँद्वारा हस्ताक्षरित सो ज्ञापनपत्रमा  रोगविरुद्ध सबै नेपाली एकजुट भई जनतालाई स्वस्थ राख्न तथा अरु आवश्यक सामग्रीसहितका सुविधा दिनुपर्नेमा सरकारको अदूरदर्शिताका कारण कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको आरोप लगाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x