×

NMB BANK
NIC ASIA

रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)  को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा १ करोड ४६ लाख खर्च गरेको छ । सो रकम नगरपालिकामा निर्मित आइसोलेसन र क्वारेन्टिन निर्माण, सञ्चालन तथा राहत वितरणसँगै फ्रन्ट लाइनमा रहेर काम गर्ने कर्मचारीहरूको प्रोत्साहन भत्ता रकमसमेतको हो ।

Muktinath Bank

नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले सरकारले लकडाउन घोषणा गरेपछि विपन्न नागरिकको लागि राहत वितरणसँगै क्वारेन्टिन र आइसोलेसन निर्माण र सञ्चालनमा उक्त रकम खर्च भएको जानकारी दिए । नेपाल सरकारले कोभिड–१९ नियन्त्रण तथा उपचारमा भएको आम्दानी खर्च सार्वजनिक गरेसँगै स्थानीय तहहरूले पनि खर्च विवरण सार्वजनिक गर्न थालेका छन् । सोहीअनुरूप सैनामैना नगरपालिकाले बिहीबार खर्च विवरण सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाले १ करोड १३ लाख ९१ हजार रुपैयाँ अन्य क्षेत्रको बजेट रकमलाई रकमान्तर गरी कोरोना नियन्त्रण तथा उपचार राहत कोषमा जम्मा गरेको थियो भने विपद् व्यवस्थापन कोषको लागि विनियोजित १५ लाख रुपैयाँ पनि कोषमै जम्मा गरेको थियो । त्यस्तै, विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलित ३९ लाख १ हजार ३ सय १२ रुपैयाँ प्रदेश सरकारबाट प्राप्त १५ लाख गरी १ करोड ८२ लाख ९२ हजार ३ सय १२ रुपैयाँ कोषमा जम्मा भएको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

कोषमा जम्मा भएको रकमबाट ५१ लाख ८० हजार ३ सय ८९ रुपैयाँबाट राहत सामग्री खरिद गरिएको नगरप्रमुख कार्कीले जानकारी दिए । त्यसैगरी, नगरपालिकामा निर्माण गरिएको नगरस्तरीय क्वारेन्टिनमा ३८ लाख ९ हजार ४ सय ३८, क्वारेन्टिनमा काम गर्न खटाइएका सहयोगीको पारिश्रमिकवापत २१ लाख ९७ हजार ८ सय, सामुदायिक क्वारेन्टिन निर्माणमा भएको खर्च ३४ लाख १६ लाख ९ सय २२ रुपैयाँ गरी कूल १ करोड, ४६ लाख ४ हजार ५ सय ४९ रुपैयाँ खर्च भएको छ । 

Vianet communication

उक्त कोषमा ३६ लाख ८७ हजार ७ सय ६३ रुपैयाँ बचत रहेको छ भने संक्रमितको उपचार तथा क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा खटिएका कर्मचारीको जेठ र असार महिनाको जोखिम भत्ता उपलब्ध गराउन बाँकी रहेको छ ।

नगरपालिकाले लकडाउनको कारण दैनिक ज्यालादारीमा काम गर्ने ५ हजार ८ सय ७४ घरपरिवारलाई राहत उपलब्ध गराएको छ । नगरप्रमुख कार्कीले ५१ लाख ८० हजार ३ सय ८९ रुपैयाँ बराबरको चामल ८४ हजार ४ सय ७१ केजी, दाल ७ हजार ४ सय ३७ केजी तथा ७ हजार १ सय ४४ लिटर तेल वितरण गरिएको जानकारी दिए । त्यस्तै, ७ हजार ५ सय ६८ केजी नुन, चिउरा ६ हजार २ सय ६७ केजी, साबुन ७ हजार ५ सय ४९ पिस र सोयाबिन २ सय ३२ केजी वितरण गरिएको छ ।

नगरपालिकाले पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा नगरस्तरीय क्वारेन्टिन निर्माण गरी सञ्चालन गर्दै आएको छ । त्यस्तै, सैनामैना पर्रोहा परमेश्वर मावि, पर्रोहा बहुमुखी क्याम्पस, शहीद नारायण पोख्रेल रामापुर क्याम्पस, जनचेतना मावि र पशुपति माविमा सामुदायिक क्वारेन्टाइन निर्माण गरी सञ्चालन भइरहेका छन । नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा भारत तथा अन्य मुलुकबाट आएका ७ सय १० जनाले सेवा लिएकोमा ४ सय १५ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फर्किएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x