मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पाचौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिनमा नेपाल-भारतबीचको खुला सीमा बन्द गर्नुपर्ने भन्दै कुरा उठेको छ ।
शुक्रवार बिहान करीब ११ बजेबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नेपाल-भारत बीचको सीमालाई अलि कडाइका साथ मोनिटरिङ गर्नुपर्ने आवाज उठाएका हुन् ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरामा मात्र होइन ८०/८२ ठाउँमा भारतबाट अतिक्रमण भएका छन् । लिपुलेकको मुद्दाले नै हामीलाई समग्र समस्या प्याकेजमा हल गर्ने अवसर दिएको छ । दुई सार्वभौम मुलुकका बीच सीमा खुला खासै हुँदैन । युरोपियन मुलुकहरूमा पनि अहिले सीमामा नियन्त्रण र कडाइ छ । बाहिरबाट हेर्दा खुलै देखिन्छ तर उनीहरूको मोनिटरिङ राम्रो छ । हामीले पनि त्यस्तै गर्नुपर्यो भनेर मैले कुरा उठाएको छु,’ पोखरेलले लोकान्तरसँग भने ।
उनले भारतबाट अतिक्रमित क्षेत्र नक्सामा समेट्नु राजनीतिक रूपले ठूलो काम भएपनि व्यवहारमा कार्यान्वयन गर्न त भारतीय सेना हट्नुपर्ने धारणा राखे ।
सार्वभौमसत्ता सम्पन्न देशहरूबीच खुला सीमा हुनु हुँदैन
‘सीमामा यस्तो खुला हुनु हुँदैन । यही बेला हो सीमा रेगुलेसन गर्ने । अहिले रेगुलेसन शुरुवात गर्ने र स्थानीय स्तरमै तारबार लगाउन थालेका छन्,’ उनले भने ।
उनले बैठकमा आफूले नेपाल-भारतबीचको सीमा विवाद क्षेत्रीय समस्या पनि रहेको बताए ।
‘यो समस्या क्षेत्रीय समस्या पनि हो भन्ने कुरा उठेको थियो । यो त्यति सजिलोसँग समाधान त नहोला तर हामीले चीनसँग पनि निर्क्योल गर्नुपर्छ । त्रीपक्षीय वार्ता गर्नुपर्छ,’ उनले भने ।
पोखरेलले सन् २०१५ मा भारत र चीनबीचको संयुक्त वक्तव्यको २८ नम्बर बुँदामा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषय रहेको र त्यसका बारेमा चीनको धारणा पनि माग गर्नुपर्ने दिशातर्फ सरकारले कदम चाल्नुपर्ने आफूले बैठकमा राखेको लोकान्तरलाई बताए ।
‘बीओपीलाई पनि बोर्डर सेक्युरिटी फोर्सका रूपमा अगाडि बढाउनुपर्छ र सीमामा रहेका जनतालाई पनि स्पेसल राहत या प्याकेज दिने गरी अघि बढ्नुपर्छ,’ पोखरेलले बैठकमा भनेका थिए ।
सीमा विवाद होइन, भारतको तर्फबाट गरिएको एकतर्फी अतिक्रमण हो !
बैठकमा बोल्दै अर्का स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले लिम्पियाधुरा, लिपुलेक र कालापानी विवाद नभएर भारतीय अतिक्रमण भएको भन्दै आफ्ना कुराहरू राखेका थिए ।
‘अतिक्रमित नेपाली भू-भागबाट भारतीय सेना फिर्ता लैजानका लागि कूटनीतिक वार्ताकै माध्यमबाट पहल गर्नुपर्छ भन्ने विषयमा मैले जोड दिएँ,’ बिष्टले लोकान्तरसँग भने ।
उनले यसका लागि राष्ट्रिय एकतालाई कायमै राखिरहनुपर्नेमा पनि जोड दिएका थिए । ‘एकता जति बलियो भयो त्यति संवादमा बलियो हुन्छौं,’ उनले भने । बैठकमा बोल्ने १८ स्थायी कमिटी सदस्यहरूले वार्ता नै अन्तिम विकल्प भएकाले भारतसँग वार्ताको पहल गरिरहनुपर्ने कुरा उठाएको बिष्टले बताए ।
३ पटक प्रयास गर्दा पनि भारतसँग वार्ता हुन सकेन
बैठकको शुरुमै सरकारका तर्फबाट धारणा राखेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको सीमा समस्या समाधानबारे ब्रिफिङ गरेका थिए ।
मन्त्री ज्ञवालीले गत नोभेम्बरमा भारतले नयाँ नक्सा जारी गरेपछि उत्पन्न समस्या समाधानका लागि सरकारले गरेको प्रयासबारे जानकारी गराएका हुन् । उनले भारतसँग नोभेम्बर, डिसेम्बर र जनवरीमा वार्ताका लागि पहल गरेपनि भारतले चासो नदेखाएको बैठकलाई जानकारी गराएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
भारतले नयाँ नक्सा प्रकाशित गरेलगत्तै कूटनीतिक नोट पठाएर विरोध जनाएको मन्त्री ज्ञवालीले बताए । बैठकमा सदस्यहरूले कालापानी लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेकोमा समर्थन जनाएका थिए ।
शुक्रवारको बैठकमा बोल्ने १८ जना स्थायी कमिटी सदस्यहरूले नयाँ नक्सामा समेटिएको नेपाली भूमिमा भोगचलन गर्नका लागि सरकारले कूटनीतिक पहललाई तीब्र बनाउनु पर्ने बताएका थिए ।
ओली अनुपस्थित !
शुक्रवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली अर्को मिटिङमा व्यस्त भएकाले आउन नसकेको जानकारी गराउँदै बैठकमा भएको छलफल सुन्ने व्यवस्था भएको बताएका थिए ।
बैठकबाट केहीबेरका लागि बाहिर निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री अर्को बैठकमा व्यस्त भएकाले आवश्यकता पर्दा बैठकमा उपस्थित हुने बताए । ‘उहाँ बालुवाटारमै हुनुहुन्छ, आवश्यक पर्दा उपस्थित हुनुहुन्छ,’ भट्टराईले भने ।
स्थायी कमिटी बैठकमा प्रत्येक सदस्यलाई बोल्नका लागि १० मिनेटको समय निर्धारण गरिएको थियो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...