मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
पैसा वचत गर्नु एउटा कला हो यो कला जो कोहीसँग नहुन सक्छ । धेरै मानिसहरूले आफ्नो हातमा पैसा टिक्न नसक्ने भनी आफैंलाई दोषी देखाएका हुन्छन् । यति हातमा पैसा अडिएन भने भविष्यका लागि कुनै प्लान गर्न सकिदैन ।
यदि पैसा पाएपछि खर्च गरिहाल्ने खराब बाणी तपाईंसँग छ भने त्यसलाई केही तरिकाहरू प्रयोग गरेर हटाउन सक्नुहुन्छ ।
पहिला खर्चको लिस्ट बनाउनुहोस्
सानोदेखि लिएर ठूलो खर्चसम्मको एउटा लक्ष्य बनाउनुहोस् । यो लक्ष्य पूरा गर्न प्रयास गर्नुभयो भने बारम्बार हुने खर्चमा नियन्त्रण हुन सक्छ र यसले आम्दानी र खर्चबीच एउटा सन्तुलन पैदा गर्छ । जस्तै तपाईंलाई गाडी किन्नु छ, घर बनाउनु छ या बिहे गर्नुछ भने यी कुराहरू लेख्नुस् । कुनै खर्च गर्नुभन्दा अगाडि आफूले राखेका लक्ष्यहरूलाई सम्झिने प्रयास गर्नुस् । लक्ष्य अगाडि भएपछि वचत गर्न सजिलो हुन्छ ।
क्रेडिट कार्डको खर्चमाथि नियन्त्रण
केही मान्छेहरू आफ्नो खर्चका लागि क्रेडिट कार्डमा निर्भर हुन्छन् जुन खराब बानी हो । खर्च गर्न क्रेडिट कार्डमाथि निर्भर रहनु भनेको वचत हुन कठिनाइ हुनु हो । क्रेडिट कार्ड प्रयोग गर्नुपरेमा त्यतिमात्र खर्च गर्नुस् जति तपाईंको बैंक एकाउन्टमा पहिल्यैदेखि वचत छ । एक महिनामा जति तिर्न सकिन्छ त्यति मात्र क्रेडिट कार्डबाट खर्च गर्नुपर्छ ।
ऋण नराख्नुहोस्
आफूमाथि कुनै पनि किसिमको ऋण राख्नु हुँदैन । कहींबाट ऋण लिएको छ भने त्यसलाई छिटै तिर्ने कोशिस गर्नुपर्छ । यदि तपाईंसँग कहीं बाट पैसा आउँदै छ र तपाईंले घर या गाडी किन्न खोज्नुभएको छ भने त्यसलाई रोकेर आफ्नो ऋण तिर्नतिर लाग्नुहोस् ।
आपतकालीन कोष बनाउनुहोस्
वचतसँगै वित्तीय सुरक्षाको पनि ध्यान राख्न जरुरी छ । तपाईंले आफ्नो लागि सबैभन्दा पहिला आपतकालीन कोष बनाउनुहोस्, यसो गरियो भने कुनै अप्ठेरो परिस्थितिमा त्यो पैसा तपाईंले प्रयोग गर्न सक्नुहुन्छ । इमर्जेन्सी फण्ड भएपछि तपाईंलाई ऋण लिन आवश्यक नपर्न सक्छ ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...