विप्लव नेतृत्वको नेकपाका छ जना पक्राउ

कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रमुखसहित छ जना पक्राउ परेका छन् । नेकपाका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता पक्राउ परेका हुन् ।

नेकपा जिल्ला सदस्य बबरजंग सिंह, विद्यार्थीका जिल्ला अध्यक्ष सुवास जोशी, सदस्य डम्बर सुनार र लक्की शाह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Advertisement

उनीहरुलाई धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए ।

शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता विष्टले बताए । पक्राउ परेका प्रमुख विक हातहतियार तथा खरखजाना मुद्दामा फरार रहेका अभियुक्तसमेत रहेको बताइएको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्